घोराही,चैत २३। गम्भिर प्रकृतिकि घोराहीकी एक गर्भवति महिलाको अप्रेसन गरेर प्रसुति सेवा दिइएको छ ।
स्वास्थ्यकर्मि समेत रहेकी उनी काठमाण्डौका विभिन्न अस्पतालमा सुरक्षित प्रसुति सेवाका लागि गएपनि अन्तिममा उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आई अप्रेसन गरेर प्रसुति सेवा लिएकि छिन् ।
घोराहीको एक निजि हस्पिटलमा कार्यरत ति स्वास्थ्यकर्मिको शरीरमा प्लेटिलेट एकदमै कम भएपनि स्वास्थ्य अबस्था राम्रो थियो । तर, प्लेटिलेट कम भएको बेला अप्रेसन गरे रक्तस्राब बढि हुने र बिरामिको ज्यान नै जाने खतरा हुने भएपनि प्रतीष्ठानका चिकित्सकहरु र बिरामी दुबैले साहस देखाउदा यो अप्रेसन सफल भएको हो ।
उपचारका क्रममा प्रत्यक्ष निगरानिमा विरामि र उनको वच्चालाई प्रतिष्ठानका चिकित्सकहरुले वचाएका छन् । प्लेटिलेट बढाउन सबैखाले प्रयास गरेपनि उनको प्लेट नवढेपछि स्वास्थ्यकर्मि निकै चिन्तीत भए ।
सम्भाब्य खतराबारे बिरामी र उनका आफन्तलाई जानकारी गराएर बिरामीको अनुमती लिइ अप्रेसन भएको थियो ।
प्लेटिलेट बढाउन विरामि आफै सिभिल अस्पताल काठमाण्डौसम्म पुगेपनि कुनै उपाय नलागेपछि प्रतिष्ठानमा नियमितरुपमा चिकित्सकसंग चेकजाँच गराइरहेकि थिइन् ।
प्रतिष्ठानक चिकित्सकहरुले पनि गर्भवती हुने समय नजिकिदै जादा हर सम्भव प्रयास गरेर प्लेट लेस बढाउन खोजेपनि अन्तिमसम्म बढेन् । सामान्यतया ब्यक्तिमा डेढ लाखदेखी ४ लाखसम्म प्लेट लेस हुनुपर्छ ।
विरामि पक्षले सबैतिर पुगेर उपचार गर्दा पनि प्लेटलेस बढ्दै नवढेपछि प्रतिष्ठानका प्रसुति रोग विशेषज्ञ वसन्त लामिछानेसहीतका चिकित्सकले जोखिम नै लिई अप्रेसन गरे ।
चिकित्सकले विरामिलाई पुरै कन्भिन्स गरेर प्रतिष्ठानका एनेस्थेसियोलोजिष्ट डा. प्राण श्रेष्ठको निकै महत्वपुर्ण प्रयास र सल्लाहमा अप्रेसन भएको थियो ।
‘हामिले निकै हाइ रीस्क नै लिएर एक जना गर्भवति महीलाको अप्रेसन गर्न सफल भयौ, पेटमा पाँच महीनाको वच्चा हुँदा देखी नै हामिलाई नै विरामिले चेक गराउदै आउनु भएको थियो, धेरै प्रयास गर्दा पनि विरामिको प्लेट लेस बढाउन सकिएन्–अप्रेसनमा संलग्न चिकित्सक प्रसुति रोग विशेषज्ञ डा.लामिछानेले भने–‘विरामि र उनका आफन्तलाई सम्भाब्य खतराबारे जानकारी दियौ,बिरामीको अनुमती लिई एक प्रकारले पुरै रिस्क नै लिएर अप्रेसन गर्यौ, अहिले आमा र वच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।’
सुरुदेखी चेकजाँच गर्दा विरामिको प्लेट लेस १८ देखी २० हजारमात्रै देखीयो, सुत्केरी हुने दिन आउदासम्म प्लेटलेस ३२ हजार पुग्यो, त्यो भन्दा बढ्दै बढेन–एनेस्थेसियोलोजिष्ट डा. प्राणले भने ।
डा. लामीछाने र डा. प्राणले प्लेटिलेट कम भएको विरामीको अप्रेसन गरेर बिरामी र बच्चालाई सकुशल बचाउन पाउदा निकै खुसी भएको बताउदै डिष्चार्ज भइ बिरामी घर जादा छुट्टै आनन्द आएको र आफ्नो पहिलो अनुभब भएको बताए ।