२०८१ बैशाख १३ गते बिहिवार

दंगीशरणमा कान सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुने

प्रमोद आचार्य, दंगीशरण, माघ १३ । ब्रिटेन नेपाल सिद्धार्थ अस्पताल नेपालगन्ज बाँके र दंगीशरण गाउँपालिका हेकुली दाङको संयुक्त आयोजनामा शुक्रबारदेखी ३ दिन कान सम्बन्धि स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

दंगीशरण गाउँपालिकाले बजेट नै छुट्टाएर पालिकाभित्र बसोबास गर्ने कसैको पनि कान सम्बन्धि समस्या नहोस भन्ने उदेश्यले शिविरको आयोजना गरिएको पालिका अध्यक्ष सम्भु गिरीले बताए ।

शिविरमा भेटीएका सामान्य बिरामिलाई उपचार गर्ने , अल्लि जटिल बिरामीलाई शल्यक्रिया गर्ने, र हेड्फोन आवश्यक पर्ने बिरामिलाई हेड्फोन सहित सबै कुरा निःशुल्क गर्ने प्रबन्ध मिलाएको पालिका अध्यक्ष गिरीले बताए ।

शुक्रबार पहिलो दिन प्राथमिक स्वास्थ्य केन्द्र बागर १४ गते दोस्रो दिन स्वास्थ्य चौकि गोल्टाकुरी र १५ गते हेकुलि स्वास्थ्य चौकिमा शिविर संचालन हुने बताइएको छ ।

यस्तै पालिका अध्यक्ष गिरीले कान सम्बन्धि समस्या भएका सबैले मौकाको फाइदा उठाइ उपचारको सेवा लिन आग्रह गरे ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *