२०८२ मङ्सिर २४ गते बुधवार

थप ८ जनामा कोरोना संक्रमण

काठमाण्डौ ,असोज २२ । पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६८ पीसीआर परीक्षणमा ६ जना र ८६१ एन्टिजेन परीक्षणमा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५७३ रहेको छ ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *