२०८१ बैशाख २२ गते शनिवार

२४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको ज्यान गयो

काठमाण्डौ ,भदौ २६ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ ।

यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ८७ जनाको नमुना परिक्षण गर्दा एक सय चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा दुई सय एक जना निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय १६ जनामा झरेको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार चार सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *