२०८१ असार २९ गते शुक्रवार

थप १ सय ६३ जनामा कोरोना पुष्टि

काठमाण्डौ,भदौ २५ । पछिल्लो २४ घण्टामा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी ३ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गर्दा १ सय ६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप १ सय ३० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ३० जना पुगेको छ । हिजो र आज गरी ४ लाख ८० हजार ८ सय १८ जनाले कोरोना विरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *