२०८१ साउन ९ गते बुधवार

डा.गोविन्द केसी भदौ २७ देखि सत्याग्रह बस्ने

काठमाण्डौ,भदौ १२ । सरकारी पक्षले माग पूरा गर्न केही समय मागेपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसी सत्याग्रह दुई हप्ता पछि सारेका छन् ।

आइतबारदेखि सत्याग्रह घोषणा गरेका डा।केसीले भदौ २७ देखि सत्याग्रह बस्ने बताएका छन्।

देशका सबै सरकारी अस्पतालहरुको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने, जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण हुनुपर्ने डा.केसीको माग छ ।

यस्तै, सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुपर्ने उनको माग छ ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *