२०८२ असार ९ गते मङ्गलवार

लुम्बिनी अस्पतालको टेन्डरबारे प्रदेशको सार्वजनिक लेखा समितिले छानबिन गर्ने

बटवल,भदौ २ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियाबारे लुम्बिनी प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ ।

समितिको बुधबार बसेको बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई उक्त अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात लिएर एक हप्ताभित्र उपस्थित हुन निर्देशन दिने निर्णय गरेको छ ।

समितिका सभापति विष्णु पन्थीले प्राधिकरणका कार्यकारी प्रमुख पोखरेललाई आफै उपस्थित हुन निर्देशन दिएको बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रियामै आर्थिक चलखेल गरी निश्चित कम्पनीलाई मात्रै ठेक्का प्रक्रियामा सहभागी हुन मिल्ने गरी टेन्डर आह्वान गरिएको आरोप लगाउँदै अदालतमा रिट निवेदनसमेत दायर भएको छ ।

अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामै प्रदेशको सार्वजनिक लेखा समितिले समेत यसबारे छानबिन गर्न लागेको हो ।

राज्यलाई एक अर्ब ४ करोडभन्दा बढी नोक्सान हुने भन्दै प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख अनन्तराम घिमिरेले चैत १४ गते अस्पतालको टेन्डर रद्द गर्दै राजीनामा दिएका थिए ।

तर फेरि असार ९ गते आह्वान गरिएको टेन्डर प्रक्रिया पनि त्यस अघिकै मिलेमतोलाई निरन्तरता दिँदै अगाडि बढाइएको भन्दै निर्माण व्यवसायी बलिभद्र रानाले अदालतमा दिएको रिट निवेदन दायर गरेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *