
तुलसीपुर,चैत ९ ।तुलसीपुर उपमहनगरपालिका – ७ प्रर्सेनीमा नगर स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको उद्घघाटन गरिएको छ । बुधवार लुम्बिनी प्रदेश सदस्य शंकर गिरीले केन्द्रको उद्घघाटन गरेका हुन । प्रदेश सरकारको झन्डै ३८ लाख आर्थिक सहयोगमा स्वास्थ्य भवन निमार्ण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्र्दै नेपाली काँग्रेसका नेतासमेत रहेका गिरीले स्वास्थ्य केन्द्रको थप संरचना निमार्णका लागि सरकारबाट आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले समाज परिवर्तनका लागि एक अर्कामा सामित्यताको संस्कृतिको निमार्ण गर्न जरुरी रहेको तर्क गरे । तुलसीपुर – ७ का अध्यक्ष टोपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दलित सघ लुम्बिनी प्रदेशका सभापति जोगेन्द्र बिस्वकर्माले ठेकेदारको लापरवाहीका कारण एक वर्ष पहिले बनिसक्नु पर्ने भवन निर्माणमा ढिलाई भएको प्रति रोष प्रकट गरे ।
अझै केही सरंचना अधुरा रहेको भन्दै तत्काल बाँकी संरचना निमार्ण गर्न उनले आग्रह गरे । हरेक राजनीति दलका प्रतिनिधिले सकारात्मक ढंगले साथ दिएमा मात्र विकासका काममा सहज हुने उनले बताए ।स्वास्थ्य केन्द्रसम्म पुग्नका लागि सडक, बिजुली बत्ती, खानेपानीको लागि पहल गरिने बताए ।

कार्यक्रममा तुलसीपुरका जनस्वास्थ्य प्रबर्द्धन शाखाका निरीक्षक बिमल केसीले स्वास्थ्य भवन निमार्ण भएसगै नागरिकलाई सेवा प्रदान गर्न थप सहज हुने विश्वास व्यक्त गरे । वडाबासीलाई आधारभूत सेवा प्रदान गर्नका लागि उपमहानगरपालिकाले बनाएको नीति अनुसार तुलसीपुरका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको उनले जानकारी दिए ।
त्यस अवसरमा वडा सदस्य रामबहादुर जिसी, नेपाली कांग्रेस तुलसीपुर ७ का सभापति ओम वली, नेकपा एमालेका पिताम्बर आचार्य, नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष मोहन थापा, राप्रपाका प्रतिनिधि मानप्रसाद भुसाल, जनमोर्चा नगर कमिटीका प्रतिनिधि स्यामलाल पोखे्रल,समाजबादी पार्टीका बेलमती घर्तीले शौचालय नभएको स्वास्थ्य केन्द्रको उदघाटन गर्नु लज्जास्पद भएको बताए ।
त्यस्तै राप्ती शान्ती उद्यानका अध्यक्ष डिल्ली भण्डारी, माबी कालाखोलाका प्रधानाध्यापक राजिब ओझा, भबन निमार्ण अनुगमन समितिका संयोजक प्रेम खनाल, जग्गा ब्यबस्थापन समितिका जगतबहादुर थापा,ललिता कंडेल लगाएतले निम्न बर्गहरुको पंहुच पुग्ने गरि सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।
कार्यक्रममा जग्गादाता स्थानीय समाजसेवी भिमबहादुर भुसाल र नारायणप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो । प्रर्सेनी नगर स्वास्थ्य केन्द्रका इन्चार्ज बासुदेब चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका अहेव हरि कुमारी केसीले गरेकी थिइन ।