२०८३ भाद्र ११ गते बिहिवार

पत्रकार भण्डारी र मगरले गरे रक्तदान

तुलसीपुर, माघ १९ । अनलाईन टिभि पत्रकार संघ दाङ जिल्लाका उपाध्यक्ष प्रदिप भण्डारी सचिव एच आर मगरले आज रक्तदान गरेका छन ।

ववई गाउपालिका ५ हापुरे कि निर्मला घर्ति सुत्केरी भैसकेपछि अत्याधिक रक्तस्रावको कारण रगत आवश्यक परेपछि पत्रकार भण्डारी र मगरले रक्तदान गरेका हुन ।

गर्भवती महिला निर्मला घर्ति हापुरेबाट नेपालगन्ज उपचारको लागी जाने क्रममा अमेलिया मै मृत बच्चा जन्मिएपछि सुत्केरी घर्तिको अत्याधिक रक्तस्राव भएको थियो । अमेलिया बाट राप्ती प्रादेशिक अस्पतालमा ल्याएर उनको उपचार भैरहेको पत्रकार झग्गु भण्डारीले बताए । अहिले घर्तीको क्रमिक स्वास्थ्य सुधार भै रहेको भण्डारीले बताएका छन ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *