२०८३ भाद्र १२ गते शुक्रवार

‘आहा तुलसीपुर अभियान’को आहा कार्य, सहयोग मागेर बाँड्दै लाखौंका डष्टविनहरु


तुलसीपुर, पुस १९ । ‘आहा अभियानले तुलसीपुर’ले झन्डै साढे ३ लाख बराबरका डष्टबिन तुलसीपुरमा वितरण गर्ने भएको छ । तुलसीपुरलाई सफा र सुन्दर बनाउन सहयोग पुगोस भन्ने उदेश्यले बिभिन्न संघ संस्था संग सहयोग मागेर ३६५ वटा डष्टविनहरु वितरण गर्न लागिएको अभियानका संयोजक दीपक काफ्लेले फरककोणलाई बताए ।

तुलसीपुर क्षेत्रका बिभिन्न नीजि बिद्यालय, बित्तिय संस्थाहरु संग सहयोग जुटाएर युवाहरुले ती डष्टविनहरु खरिद गरि बितरण गर्न लागेको आहा अभियानका उपाध्यक्ष झग्गु भण्डारीले जानकारी दिए ।

अभियानका महासचिव अजुर्न भट्टराइका अनुसार प्रति डष्टविन झन्डै ६ सय मूल्य परेको बताए । आहाका सञ्चार संयोजक सुमन केसीले तुलसीपुरलाई साँच्चिकै आहा बनाउन कसरी सकिन्छ ? भन्ने अबधारणा अनुसार युवाहरु मिलेर एउटा सकारात्क शन्देश दिन कार्य गर्न लागेको तर्क गरे ।

३ सय ६५ मध्य १० वटा डष्टविन बसपार्क क्षेत्रमा वितरण भइसकेको छ । ती बाहेक अन्य सबै डष्टविनहरु मंगलबार बिहान एक औपचारिक कार्यक्रमको आयोजना गरि वितरण गरिने भएको छ । तुलसीपुरको बिपी चोकदेखि गुम्ह्रा चोकसम्मका पसलहरु जहाँ डष्टविनको अभाव छ ती स्थानहरुमा डष्टविनहरु वितरण गरिने भएको छ ।

‘हामीले सरसफाईको कल्चर कम छ । हामी जो कोही मनपरि फोर फाल्दै हिड्छौं,’ संयोजक काफ्लेले भने ‘ कम्तिमा डष्टविन भए मानिसहरुले फोहरहरु त्यसैमा फालुन र आँफैबाट सरसफाई गर्नुपर्छ भन्ने कल्चरको विकाश होस भन्ने हाम्रो चाहाना हो।’सुन्तलाका बोक्रा, चुरोट, शुद्ध प्लस, चाउ चाउ, बिस्कुट जस्ता कुराहरु खाएपछि मनपरि जहाँ पायो त्यही फाल्ने प्रबृतिको अन्त्य आँफुहरुले चाहेको उपाध्यक्ष भण्डारीले बताए ।

‘बिकसित मुलुकमा मानिसहरुले चक्लेट खाएपनि त्यसको खोल आँफैले गोजीमा राखेर उचित ठाउँ वा डष्टविनमा राखेर मात्रै फाल्ने गर्छन,’ महासचिव भट्टराईले भने ‘ तर, हामी कहाँ त्यो कल्चर छैन । यहाँ मनोमानी छ । हामी सबैले आँफुलाई सच्याउन जरुरी छ ।’जहाँ मनप¥यो त्यही आँफू खुसी फोहर फाल्ने वानीले सहर बजार र वरिपरीको वातावरण कुरुप बनेको हुँदा त्यो बानी सबैले परिवर्तन गर्न जरुरी रहेको उनले बताए ।

कस्ले कति सहयोग गरे

१ – ज्योति विकाश बैंक – ३० डष्टविन
२– एनआइसी एसिया बैंकले – २५ डष्टविन
३– गोरखा मावि – २५ डष्टविन
४– पब्लिक ज्ञान ज्योति मावि – २५ डष्टविन
५– लक्ष्य एकाडेमी – १० डष्टविन
६ – रानी केक – ५ डष्टविन
७ – डिके फेसन – ५ डष्टविन
८– तुलसीपुर सिटी हस्पिटल – २० डष्टविन
९– तुलसीपुर उद्योग बाणिज्य संघ – २० डष्टविन
१० – तुलसीपुर ट्रयाक्टर समिति – २० डष्टविन
११– तुलसीपुर उपमहानगरपालिका – १८० डष्टविन

युवाहरुले बिभिन्न संघ संस्थाबाट १८५ र तुलसीपुर नगरबाट १८० वटा डष्टविन सहयोग मागेर कुल ३६५ डष्टविन हस्तान्तरण गर्न थालेका हुन । हस्तान्तरण अभियानमा मंगलबार बिहान मेयर घनश्याम पाण्डे, वडा नं. ५ का अध्यक्ष बीरेन्द्रकुमार शाह र वडा नं. ६ का वडाध्यक्ष नवराज लामिछानेलाई निम्त्याइएको आयोजक संस्थाका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

यसअघि पनि ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ अभियानका अभियान्ता विमल रिजालले तुलसीपुरमा यसैगरि हातेमालो गरेर लाखौं मूल्यका डष्टविनहरु तुलसीपुर बजारका पसल अगाडि पोलहरुमा क्लिपले बाँधेर झुण्ड्याएको भएपनि कतिपय रातारात चोरी भएका थिए । ती मध्य केही भने अझैंपनि पोलहरुमा देखिन्छन् । त्यसले पनि केही हदसम्म मानिसहरुका आनीबानी सुधारमा सहयोग पुगेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *