२०८३ भाद्र १२ गते शुक्रवार

आश्रमका आश्रितलाई सेनाले खाना खुवायो

तुलसीपुर, पुस ११ । मानव सेवा आश्रम तुलसीपुरमा आश्रितहरुलाई नेपाली सेनाले खाना खुवाएको छ । आश्रममा आश्रित ३८ जनालाई तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्वर बाहिनीले खाना खुवाएको हो ।

नेपाली सेनाले स्वास्थ्य सेवा,राहत,उद्धार र ब्यबस्थापनको कार्य समेत गर्दै आएको बाहिनी पति मदनकुमार केसीले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्तरगत आश्रममा पुगेर खाना खुवाइएको उनले बताए ।

यस्तो कार्यले नेपाली सेना प्रति अपनत्व महसुस भई नेपाली सेना र नागरिक बिच सम्बन्ध थप प्रगाढ हुने बिश्वास उनले ब्यक्त गरे ।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *