
घोराही, पुस ४ । ग्रामिण महिला उत्थान केद्रले आफ्नो २७आंै वार्षिक उत्सवका अवसरमा आइतबार घोराहीमा रक्तदान गरेको छ । त्यसक्रममा २२ जना रक्तदाताहरुले रक्तदान गरेका छन ।
संस्थाकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कानुनी सल्लहाकार सौगतविर चौधरीले सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
रक्तदना कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको संस्थाकी सूचना अधिकारी पार्वती वस्नेतले जानकारी दिइन ।
प्रकाशित मिति : २०७८ पुष ४ गते आइतवार
