२०८१ भाद्र २३ गते आइतवार

राप्ति सेवा समाज अमेरिकाको अध्यक्षमा भट्टराई र महासचिव मा अधिकारी निर्वाचित

तस्विर : सन्तोष शर्मा

राप्ति सेवा समाज अमेरिका न्युयोर्कको अध्यक्षमा दाङका दिपक भट्टराइ सर्वसम्मति बाट चयन भएका छन । अगस्त १३ तारिकका दिन संस्थाको दोश्रो सधारणसभाबाट अध्यक्ष सहित सबै पदाधिकारी सर्वसम्मति बाट चयन गरिएको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, उपाध्यक्षहरुमा लोकमणि न्यौपाने, भावना ओली, बिनोद केसी, बिनय धिताल र जुद्द ओली, महा-सचिबमा बसन्त अधिकारी, सचिवमा तुल्सिराम ओली, सह -सचिवमा उमेश बस्नेत, कोषाध्यक्ष खेमराज ओली, सह -कोषाध्यक्ष शिशिर रावत चयन भएका छन।

त्यस्तै सदस्यहरुमा तारा प्रसाद ओली, बिमला ओली, टेक बहादुर ओली, शृजा थापा, हेमराज केसी, रन्जना बस्नेत, महेन्द्र खडका, भरत भट्टराइ, टिकाराम भण्डारी, बाबुराजा सिह,युवराज देबकोटा रहेका छन भने सस्थाको संरक्षकमा सम्भु विष्ट, सन्चार बिभाग प्रमुखमा सन्तोष शर्मा र सास्कृतिक बिभाग प्रमुखमा चन्द्र ओलीलाइ चयन गरिएको छ।

तस्विर : सन्तोष शर्मा

अध्यक्ष केशब बस्नेतको अध्यक्षता एवं जेस्ठ नागरिक मिन बहादुर खड्का को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम तुलसीपुर उपमहानगरपालिका दाङकि उपमेयर स्यानि चौधरी ,साहित्यकार तथा राप्ति समाज काठमाण्डौ नेपालका पुर्ब अध्यक्ष शशी शर्मा मजगैया, सल्लाहकार यम अधिकारि, बिकास बिस्ट लगाएतकाले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । संस्थाले परदेशम रहेका राप्तीबासी का समस्या हल गर्नुका साथै नेपालीहरुको चाडबाड रितिरिवाजलाइ संगै मनाउने एक पुलका रुपमा काम गर्दै आइरहेकोमा जोड दिदै आगामी दिनहरुमा पनि बिगतका कामहरुलाइ प्राथामिकतामा राख्दै आगामी दिनहरुमा संस्थालाई क्रियासील बनाउन वक्ताहरुले सुझाब समेत दिएका थिए।

निर्बाचित सबैलाइ निर्बाचन समितिका संयोजक गितकार एवं साहित्यकार अरुण कुमार शाहले बधाइ ज्ञापन तथा प्रमाणपत्र बितरण गरेका हुन् भने कार्यक्रम को संचालन महासचिब कृष्ण खडकाले गरेका थिए।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *