२०८० असोज १५ गते सोमवार

एन आर एन ए न्युयोर्कको सचिबमा बसन्त अधिकारीले दिए उम्मेदवारी

गैर आवासीय नेपाली संघ एन आर एन ए न्युयोर्कको सचिब पदमा बसन्त अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

विगत पाँच बर्षदेखि एनआर एन ए अभियानमा सक्रिय रहेका अधिकारीले “एन आर एन ए सँधैका लागि सबैका लागि ” भन्ने नारा सहित सचिव पदमा उम्मेदवारी  घोषणा गरेका हुन ।

यहि जुलाई २२ र २३ तारिखमा अमेरिकाको न्युयोर्कमा हुन गइरहेको अधिवेशनमा सचिबपदका उम्मेदवार अधिकारीले मतदानका लागि सबैलाइ अपिल गरेका छन् ।

 १० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै अधिकारीले एन आर एन ए सँधैका लागि सबैका लागि, पारदर्शिता रुपान्तरण प्रविधि मैत्री एन आर एन ए अमेरीका नेपाली समुदाय, अमेरीकामा रहेको नेपाली समुदायको एकता ,अमेरीकी समाजको मुलधारमा नेपालीहरुको बलियो उपस्थिती, नेपाली समुदायका लागि सन्तुलित कार्यक्रम, नेपाली कला सँस्कृती,भाषा को संरक्षण, महिला तथा युवामैत्री कार्यक्रम लगायतलाई जोड दिएका छन् ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस
  1. तिलक says:

    जितको अग्रिम शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *