काठमाडौँ,जेठ २६ । सर्वोच्च अदालतले नागरिकता विधेयकको माणित प्रतिलिपि झिकाउ आदेश दिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संसदले पारित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष प्रमाणिकारणका लागि पेश भएको विधेयक वैशाख १७ गते प्रमाणित गरेका थिए।
त्यसविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानले दायर गरेको रिट निवेदनमाथि अन्तरिम आदेशबारे छलफल गर्न शुक्रबार दुवै पक्षलाई बोलाएको थियो।
प्रमाणिकारण भएको नागरिकता ऐन कार्यान्वन नगर्न जेठ २१ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त ऐन कार्यन्वयन नगर्न नगराउन आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि शुक्रबार बोलाएको थियो।
शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउत र सुष्मालता माथेमा संयुक्त इजलासमा पेशी परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै प्रमाणित प्रतिलिपि उपलब्ध गराउन आदेश भएको हो। राउत र माथेमाको इजलासले अन्तरिम आदेशबारे छलफल गरेन।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘२०८०/२/१७ को निर्णयको प्रमाणित प्रतिलिपि राष्ट्रपतिको कार्यालय शीतल निवास काठमाडौँबाट झिकाइ मिति २०८०/३/३० मा अन्तरिम आदेश छलफलको पेशी तोकी नियमाअनुसार पेश गर्नुहोला।’