काठमाडौँ,जेठ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ४ दिने भारत भ्रमण पूरा गरेर शनिबार स्वदेश फर्किँदै छन् ।
शुक्रबार प्रधानमन्त्री प्रचण्डले भारतको मध्य प्रदेशस्थित उज्जैनको भ्रमण गरेका थिए ।
नयाँदिल्लीमा राजनीतिक भेटघाट सकेर विशेष विमानमार्फत शुक्रबार इन्दौर गएका उनी त्यहाँको महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकनका साथै पूजापाठ गरेका थिए ।
उनी दिउँसो इन्दौरबाट दिल्ली फर्किने र अपराह्न दिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो ४ दिने भारत भ्रमण पूर्ण रूपमा सफल भएको दाबी गरेका छन् ।
प्रकाशित मिति : २०८० जेष्ठ २० गते शनिवार