२०८२ चैत्र २ गते सोमवार

प्रधानमन्त्री दाहाल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौँ,जेठ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *