२०८२ चैत्र ३ गते मङ्गलवार

कांग्रेसहित ८२ दललाई लेखा परीक्षण सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ ,बैशाख २९ । निर्वाचन आयोगले लेखा परीक्षण गरी सार्वजनिक नगरेका ८२ दललाई सार्वजनिक गर्न निर्देशन दिएको छ।

आयोगले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै सचेत गराएको हो।

आयोगले पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था भएकोमा आर्थिक वर्ष २०७८(७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमाभित्रै पेस गर्ने तपसिल बमोजिमका ८२ ९बयासी० राजनीतिक दललाई सोही ऐनको सोही दफाको उपदफा ९५० बमोजिम आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ ९सात० दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम ९पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि०, सामाजिक सञ्जाल ९फेसबुक, ट्विटर, इन्स्टाग्राम०का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ ९सात० दिनभित्र सो विवरण आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको आयोगले जनाएको छ।

‘साथै आर्थिक वर्ष २०७८(७९ को लेखा परीक्षण प्रतिवेदन कानुनले तोकेको समयभित्र पेस गर्ने तपसिल बमोजिमका ८२ ९बयासी० राजनीतिक दलहरूको विवरण आयोगको वेबसाइटमा हेर्न सकिने र तोकिएको समयावधिभित्र लेखा परीक्षण प्रतिवेदनको विवरण सार्वजनिक गरी आयोगमा जानकारी नगराएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ९५० को खण्ड ९ग० बमोजिम कारबाही भइजाने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ’ आयोगले भनेको छ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *