
सुनसरी, वैशाख ३।नेपाल प्रेस युनियन सुनसरी शाखाले एक लाख लाख रासीको गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार सहित दुई वटा पुरस्कारको स्थापना गरेको छ । पत्रकारिताको माध्यमबाट समाजको विकासमा योगदान पु¥याउनेलाई पत्रकारलाई हरेक वर्ष एक लाख एक हजार रुपैयाँ रासी प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिको हो । त्यसैगरी, सिर्जनशील युवा पत्रकारलाई वार्षिक रुपमा ५१ ह्जार रुपैयाँ रासी पुरस्कार दिने गरी युवा पत्रकारिता पुरस्कार समेत स्थापना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
पुरस्कार वितरणका लागि प्रेस युनियन सुनसरी शाखाले अक्षयकोष स्थापना गरेको छ । पुरस्कारको रकम उद्योगपति शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा प्रेस युनियनको अक्षयकोषमा प्रदान गर्ने छन् । पुरस्कार घिमिरेका बाबु आमाको स्मृतिमा प्रदान गरिनेछ ।
पुरस्कारका लागि स्थापना गरिएको अक्षय कोषमा रकम दिने विषयमा घिमिरेका छोरा सुबोध घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष अधिकारीले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सामाजिक उत्तरदायित्व अन्तर्गत परकारलाई पुरस्कृत गर्नकालागि पुरस्कारका लागि रकम प्रदान गरिनेगरी सम्झौता गरिएको घिमिरेले बताए । प्रत्रकारिका कर्ममा लागेका पत्रकारको कामको कदर गर्नका लागि पुरस्कार स्थापना गरिएको अध्यक्ष अधिकारीले बताए ।
