२०८१ चैत्र ९ गते शनिवार

गठवन्धनका पक्षमा वकालत गर्न प्रदेश सदस्य ढकालकाे आग्रह

हेकुली, चैत्र १७ । नेपाली काँग्रेस लुम्बिनि प्रदेस सदस्य टेकनारायण भुषालले चुनावी गठवन्धनकाे पक्षमा वकालत गर्न सबै कार्यकर्तालाई आग्रह गरेका छन ।

पार्टिकाे केन्द्रिय समितिले गरेकाे गठबन्धनकाे निर्णय स्वागत याेग्य रहेकाे भन्दै यसलाई तल्लाे तह सम्म व्यवहारिक वनाउन भुषालले आग्रह गरे ।

उनले एमालेकाे उग्रता, भ्रष्टाचार र खाेक्राे राष्ट्रवादलाई प्रास्त गर्नका लागि पनि गठवन्धन आवश्यक रहेकाे बताए ।नेपाली काँग्रेस दंगिशरण गाँउपालिका कार्यसमितिका सभापती शंभु गिरीकाे सभापतित्वमा भएकाे कार्यक्रम भएको थियो

कार्यपालिका उप-सभापती गिरीराज न्याैपानेकाे स्वागत मन्तव्यवाट सुरु भएकाे कार्यक्रममा काग्रेस दाङका नेता केशबराज आचार्य, जिल्ला सह-सचिव शुवाेधकुमार डागी, महाधिवेशन प्रतिनिधि गाेविन्दबहादुर शाह, घनश्याम ढकाल, दाङ क्षेत्र नम्वर ३ ख का क्षेत्रिय सभापति खिमबहादुर वलीले बोलेका थिए ।

कार्यक्रममा पुर्व महाधिवेशन प्रतिनिधि भुपबहादुर भण्डारी, घनश्यम सेर्पाइली, जिल्ला सदस्य साेभाकर न्याैपाने, पद्मा चाैधरी, क्षेत्रिय सदस्य सीतारा नेपाली, कमल परियार, माेहन चाैधरी, पुर्व जिल्ला सदस्य कृष्णराज शर्मा तरुणदल पुर्व केन्द्रिय सदस्य सुर्यप्रकास राना लगाएतले बाेलेका थिए ।

काय्रक्रमकाे सजिकरण कार्यपालिका सचिव ओपेन्द्रराज शर्माले गरेका थिए ।कार्यक्रममा एमालेका रमेश चाैधरी र माओवादीका पिताम्बर चाैधरीले नेपाली काँग्रेसमा प्रवेश गरेका थिए

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *