
तुलसीपुर, बैशाख १३ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व आक्रान्त छ । पछिल्लो समय दोस्रो लहरको कोरोना भाइरसले नेपालीलाई पनि नराम्रो संग प्रभावित तुल्याएको छ ।
संक्रमित हुने र मृत्यु हुने दर बढ्दै गएको छ । लाल गनेर बस्नु पर्ने बाध्यता छ । पहिले भन्दा निकै संक्रामक र खतरनाक मानिएको कोरोना संक्रमनको चेन ब्रेक गर्न भन्दै नेपालगन्ज, बर्दिया लगाएका जिल्लाहरुले निषेधाज्ञा जारी गरिसकेका छन् ।
सरकारले ५०० सय संक्रमित रहेका शहरका जिल्ला र पहाडी जिल्लाकाका हकमा २०० संक्रमित रहेका जिल्लामा लकडाउन गर्न भनेको छ ।

तर, अधिकार स्थानीय निकाय र प्रशासनलाई छ । यस्तो जोखिम युक्त अवस्थाबाट जोगिने सबैभन्दा उपयुक्त र प्रभावकारी माध्यम भनेको ब्यक्ति स्वएंम सजग हुनु हो । सही रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नु हो । सही रुपमा मास्क लगाउनु हो ।
सो नियमन र व्यक्तिले आफुलाई स्वएंम अनुशासनमा राख्नु हो । त्यसका लागि स्थानीय सरकार र प्रशासनले सहर बजारमा सचेतनाका लागि माइकिङ गर्दै हिडेको पनि छ ।

तर,पनि कतिपय जान्ने सुन्ने, पढे लेखेका व्यक्तिहरुले नै ब्यापक लापरबाही गरेको देखियो । मास्क नै लगाई ग्रुपमा बसको देखियो । सोमबार तुलसीपुर बजार क्षेत्रमा डुल्दा फोटो पत्रकार राजेश खत्रीको फ्रेममा परेका मास्क नलगाउने व्यक्तिहरु हेर्नुहोस ।
सबै तस्विरहरु – राजेश खत्री ।







