दाङ, मङ्सिर ३ । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका १९ मा अवस्थित छिल्लीकोटको पछिल्लो समयमा आएर चर्चा हुदै आएको छ । नेपालको वाईसे चौविसे राज्यको ऐतिहासिक र धार्मिक आस्था रहेका कारण प्रसिद्द रहेको छ ।
छिल्लीकोट मुख्य आकर्षण केन्द्र भनेको एक छेउको टापुमा कालिका र अर्को टापुमा मालिका भगवतिको मन्दिर रहनु हो । पछिल्लो समयमा भ्यू टावर बनाएपछि यसले चर्चा पाउन सुरु भएको हो । छिल्लिकोटको टापुबाट दाङ उपत्यका लगाएत पहाडी जिल्लाको हिमशृंखलालाइ राम्रो संग अवलोकन गर्न सकिन्छ।