श्रीमान अध्यक्ष ज्यू
मिति – २०७८-० ९- १ ।
गढवा गाउँपालिकाको कार्यालय
गढवा ६ गढवा देउखुरी दाङ
विषय – ध्यानाकर्षण सम्बन्धमा ।
आदरणिय गाउँपालिकाका अध्यक्षज्यू । कुशल रही कुशलताको कामना गर्दछु । हामी नेपालीको लामो समयको आन्दोलन,अतुलनिय बलिदान, त्याग तथा संघर्ष पछि प्राप्त गरेको गणतान्त्रिक नयाँ नेपालको राजनीतिक विशेषता अर्थ तथा परिभाषा छुट्टै होला ।
तर मैले जानेको , बुझेको गणतन्त्र जनताको तन्त्र अथवा जनताको राज्य हो । यस्तो प्रकारको शासन तन्त्रमा हामी जनताले आफ्नो अधिकारको प्रयोग गरि जनताको काम गर्नको लागि, स्थानीय बिकास, स्थानीय सम्पदाको संरक्षण, आवस्यकता पुर्ती , समस्याको सुनुवाई लगायत शुसासन कायम गर्नकोे लागि जनताको प्रतिनिधिको रुपमा तपाँइलाई निर्बाचित गरेर यो जिम्मेवारी प्रदान गरिएको हो ।
समयको पावन्दी, कार्यको ब्यवस्तता तथा केही प्राबिधिक बाधा अड्चनले तपाँइलाई पनि सबै काम, सबैको चित्त बुझाएर गर्न नसक्नु भएको होला । त्यो आफ्नो ठाउँमा छ । तर, एउटा यस्तो समस्या जुन तपाँईं दैनिक रुपमा आफै अबलोकन तथा दृस्याबलोकन गर्नु हुन्छ । त्यो हो गढवा–कालाकाँटे सडक खण्ड अन्तर्गत गढवाको सर्बोदय चोकको दुर्दशाको अवस्था । यही बाटोमा ४÷५ मिटर लम्बाइको ३÷ ४ फिट्को खाल्डो छ। त्यस्को छेउबाट दैनिक बिद्यार्थी ओहोर दोहोर गर्छन । कति साइकिल लिएर ओहोरदोहोर गर्छन ।
आँफै जोगिएर हिड्न गाह्रो भैरहेको बेला पैदल यात्रु तथा बिद्यार्थी जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । साँघुरो बाटो हुँदै साइकल बोकेर हिड्न बाध्य छन ।
ती बालबालिकालाई समयमा स्कूल पुग्ने चिन्ता हुन्छ । त्यसैले दुर्घटनामा पर्छन । साइकल सवारदेखि स्कुटी, मोटरसाइकलमा यात्रा गर्नेहरु बाटोको अवस्थाले आजित भैसकेका छन ।
नाला बनाउनको लागि खनेको खाल्डो कुनै दिन दुखद घटनाको कारण नबन्ला भन्न सकिन्न । यो अवस्था देख्दा, यहाँ दैनिक समस्या झेलिरहेका सर्वसाधारण गुनासै गुनासा छन् । ती गुनासाहरु बाटो निर्माण गर्ने ठेकेदार र तपाँईं प्रति नै लक्षित हुन्छन ।
बाटो निर्माणको सबै जिम्मा निर्माण कम्पनीलाई होला । बाटो निर्माण सम्पन्न गर्ने निश्चित समयावधि पनि होला । तर, गाउँपालिकाको केन्द्रबिन्दु बजार क्षेत्रको यस्तो दुर्दशा तपाँईले नदेख्नु उदेग लाग्दो कुरा हो ।
अध्यक्ष भनेको स्थानीय सरकार प्रमुख हो । स्थानीयका लागि तपाँई कार्यकारी प्रधानमन्त्री समान हो । त्यसैले भन्ने पनि तपाँईलाई नै हो । कि हैन र ? किन भने तपाँइलाई जनताले त्यसैका लागि उक्त पदमा पु¥याएका हुन । आफ्नो प्रतिनिधि बनाएका हुन । आफ्नो समस्याहरुको सुनुवाई गरिदिने बिश्वासिलो ब्यक्तित्वको रुपमा उनले तपाँईलाई त्यो पदमा पु¥याएका हुन । तर, तपाँईले आँखा कान बन्द गरेको देखेर मतदाता चकित छन् ।
अध्यक्षज्यू– गढवा–कालाकाँटे सडक खण्ड अन्तर्गतको लगभग २३ किलोमिटर बाटो आफ्नो दैनिक कार्ययोजना अनुसार निर्माण हुँदै गर्ला । तर, बजार क्षेत्रको यो बाटोमा पर्ने खाल्डो जति हुन्छ छिटो पुरिदिन तपाँईले भूमिका खेलिदिनु प¥यो ।
निर्माण प्रथामिकतामा राखेर काम गराउनु तपाँइले अहम भुमिका निर्बाह गर्नु अति जरुरी छ । किनकी घटना भइ सकेपछि क्षति भइ सकेपछि पछि रोनाधोना गर्नुको अर्थ रहन्न । त्यो कार्य आगो लागेपछि कुँवा खने जस्तै अब्यबहारिक हुने छ ।
गढवा बजारको पुर्वतिर प्रनाहा खोलासम्म बजार क्षेत्र हो । यस क्षेत्र भित्रका घर जग्गाधनीहरुले ब्यबासायिक प्रयोजनको कर तिरिरहेका छन । त्यति मात्र नभएर यो क्षेत्र गढवा गाउँपालिकाको कार्यालय अवस्थित क्षेत्र हो ।
दैनिक गाउँपालिकामा सेवा लिन आउने दर्जनौ सेवा ग्राही यो समस्या बाट पीडित छन् । निरही बनेर दुःख कष्ट र यातना झेली रहेका छन् । तपाँईले केही पहल वा प्रयास गरिदिनु होला भन्ने आशामा उनीहरु बसिरहेका छन् । तर, सर्वसाधारण त्यसरी बस्न थालेको महिनौ बितिसकेको छ ।
असार महिनामा गाउँपालिकाको प्राङ्गणमा हिलो हुँदा तुरुन्त ४÷ ५ लाख रुपंैया बजेट छुट्टाएर आँफु आउने जाने बाटो ब्यबस्थित गर्न सक्ने तपाँईले जनताको सेवा सुबिधाको बेवास्ता गर्नु कत्तिपनि नसुहाउने कार्य भयो ।
किनकी यो सडक खण्डलाई सुधार गर्न गाउँपालिकाले बजेट बिनियोजन गर्नुपनि पर्दैन । मात्र अभिभाकत्व ग्रहण गरेर निर्माण कम्पनीलाई कडाइ गरिदिए पुग्छ । हैन भने यो काम जिम्मेवारी दिए जनताले आँफै पनि गर्न सक्थे ।
कि, आन्दोलन ,चक्काजाम बाटो बन्दले मात्रै जनताको सुनुवाई हुने हो ? तर, त्यस्तो गर्दा गणतन्त्रको अपमान हुन्छ जान्छ । बर्खिलाप ठहर्ला । जनताले चुनेर पठाएको जनप्रतिनिधिको अपमान हुन्छ । त्यस कारण तपाँइलाई गढवा गाउँपालिकाको अध्यक्षको नाताले जनताको प्रतिनिधिको नाताले गढवा–कालाकाँटे सडक खण्ड अन्तर्गतको गाउँपालिका क्षेत्रसहित गढवादेखि प्रनाहा खोला सम्मको बाटो निर्माणमा चासोको साथ पहल गरिदिनुहुन यो धानाकर्षण पत्र पेश गरेको छु ।
निर्माण कम्पनीले बनाउने बाटो नै हो । जताबाट बनाए पनि उसैको काम हो । आवश्यकताका आधारमा बजार क्षेत्र तिर सुरु गर्दा के हुन्छ र ? यसो गर्दा गाउँबाट बजारसम्म आउने जनतालाई राहत हुने थियो । गाउँपालिकाको शाखपनि बढ्थ्यो । कार्यालय अबस्थित क्षेत्र सुन्दर पनि हुने थियो ।
प्रबक्ता
नागरिक समाज गढवा
दुखहरण यादव
गढवा ६ गढवा दाङ ।