२०८२ फाल्गुन ६ गते बुधवार

दीपक गिरीको आज बबई केन्द्रीत अभियान


तुलसीपुर, फागुन ६ । नेपाली काँग्रेसबाट दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले आफ्नो चुनाबी अभियान तीब्र पारेका छन् ।
निर्वतमान प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीले बुधबार बबई गाउँपालिकाका केन्द्रीत चुनबी अभियान जारी राखेका छन् ।


बबई – २ का बिजय नेटा, बगाले, सितापुर, रातामातामा घर दैलो सकेर दिउँसो उम्मेदवार गिरी बबई – ३ को हंसपुर, धनुबाँस, घट्टेखोला लगाएतका मतदाता संग भेट्दै छन् ।


चुनाव प्रचार प्रशार समितिका अनुसार स्थानीय मतदातालले बिकास प्रेमी नेता गिरीलाई मतदान गर्ने बताएका छन् ।
पश्चिम दाङको बिकासमा काँग्रेस नेता दीपक गिरीले अतुलनिय भूमिका निर्वाह गर्दै आएको हुँदा थप बिकासका लागि फेरि मतदान गरि निर्वाचित गर्ने बताएका छन् ।


स्थानीय मतदाताले सिंचाई कुलो, पिउने पानी, सडकको स्तर उन्नतिको माग उम्मेदवार गिरी समक्ष राखेका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *