२०८२ फाल्गुन ६ गते बुधवार

जंगलमा महिलाको शब फेला, ४ दिन बित्दापनि खुलेन पहिचान

दाङ, फागुन ६ । कैलालीको जंगलमा फागुन २ गते फेला परेको महिलाको शबको अझैं पहिचान खुल्न सकेको छैन ।


जिल्लाको मोहन्याल गाउँपालिका–१, तल्लोपानीस्थित नवप्रगतिशील सामुदायिक वनमा शनिबार दिउँसो अनुहार जलाएको अवस्थामा युवतीको शब फेला परेको थियो । जंगलमा अन्दाजी ३० वर्षीया ती महिलाको हत्या पछि पहिचान लुकाउन अनुहार जलाएको हुन पर्ने प्रहरीको अनुमान छ ।

चार दिन बितिसक्दा पनि जंगलमा अनुहार जलेको अवस्थामा फेला परेको महिलाको पहिचान खुल्न नसकेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी नरेन्द्र चन्ददे बताए ।


प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्ट आउनु बाँकी छ । हत्या पछि पहिचान लुकाउन अनुहार जलाएर जंगलमा शब फालेको हुन सक्ने आशंका गरिएको एसपी चन्दले जानकारी दिए ।


चार दिनसम्म पनि पहिचान खुल्न नसकेको र सार्वजनिक सूचना मार्फत पहिचानका लागि आग्रह गरिएको प्रहरीले जानकारी दिएको छ । मृतकको शरिरमा गुलाबी पिंक रङको स्वीटर, कालो फर्मल पाइन्ट, सेतोमा धर्सा भएको मोजा लगाएतकी छन ।


घटना अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
चार दिनदेखि शब अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *