दाङ, फागुन ६ । शेर्पा समुदायले विभिन्न कार्यक्रम गरी आज ग्याल्पो ल्होसार पर्व मनाउँदै छ । यो पर्व आपसमा शुभकामना आदानप्रदान गर्दै मनाउने परम्परा छ ।
ल्होसार पारिवारिक एवं सामाजिक मेलमिलापको प्रतिकपनि मान्ने गरिन्छ । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउने गर्छ ।
महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ ।
शेर्पा समुदायमा ल्होसार पर्वलाई नयाँ बर्षका रुपमा मनाउने गर्छन । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरु आजको दिन बिभिन्न ९ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने गर्छन ।
उनीहरु पर्वको अवशरमा घर, टोल वरिपरी सरसफाई गर्नुका साथै पानीका मूहानहरुको को सरसरफाइ गर्ने गर्छन ।
ल्होसारका अवसरमा सार्वजनिक बिदा दिइएको छ ।