२०८२ माघ २३ गते शुक्रवार

अहिले काँग्रेस एक ढिक्का छ, चुनावी परिनाम सहजै हाम्रो पक्षमा आउँछ – काँग्रेस नेताहरु


शरद रेग्मी, तुलसीपुर, माघ २३ । नेपाली काँग्रेसका नेताहरुले यतिखेर काँग्रेस एक ढिक्का भएको हुँदा दाङ क्षेत्र नम्बर ३ को फागुन २१ गतेको निर्वाचन सहजै जित्ने दाबी गरेका छन् ।


शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका – ३ मा मतदाता संग मतमाग्न घर दैलोमा पुगेका नेताहरुले त्यस्तो दाबी गरेका हुन ।
पूर्व सांसद गेहेन्द्र गिरीले काँग्रेस यतिखेर एक ढिक्का बनेको भन्दै सहजै काँग्रेसको जित हुने बताए ।


लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आम मतदाताले काँग्रेसले बिगतमा गरेका बिकास निर्माणका कामहरु प्रत्यक्ष अनुभूत गर्न पाएको हुँदा काँग्रेस मतदाताको सबै भन्दा पहिलो रोजाइमा पर्ने बताए ।

उनले दाङ क्षेत्र नम्बर ३ मा काँग्रेस उम्मेदवार दीपक गिरी तुलनात्मक रुपमा अन्य दलका उम्मेदवारहरु भन्दा धेरै लोकप्रिय रहेको दाबी गर्दै अन्य संग तुलना नै नहुने बताए ।
नेता महादेव शाहले देश र संविधानको रक्षाको लागि दीपक गिरीलाई मतदान गर्न आग्रह गरे ।


युवा नेता बिमल रिजालले समग्र पश्चिम दाङको बिकासको लागि बिगतमा उम्मेदवार दीपक गिरीले गरेको योगदान महत्वपूर्ण रहेको भन्दै समय अनुकुल थप बिकास निर्माणको लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।


शुक्रबार दिउँसो दीपक गिरी नेतृत्वको टोलीले तुलसीपुर – ९ का बिभिन्न वडाहरुमा पनि घरदैलो गर्दै मतदातालाई भेटेको थियो। त्यसक्रममा उम्मेदवार दीपक गिरीले कसैको भ्रममा नपर्न मतदातालाई सचेत तुल्याएका थिए ।

‘ यो डिजिटल जमानामा आँफैले निर्मित नक्कली कुराहरु बाट तपाँइहरुलाई भ्रममा पार्न सक्छन्,’ उम्मेदवार गिरीले भने‘ मैले बिगतमा पश्चिम दाङको बिकासका लागि खेलेको भूमिमा तपाँइलाई जग जाहेर नै छ कसैका सस्ता नाराको भ्रममा नपर्नु होला ।’


उम्मेदवार गिरीले राप्ती बबई क्याम्पसको स्थापनादेखि किसानको जीवन स्तर उकास्न डिप बोरिङ निर्माण, पुल पुलेसा, तटबन्ध निर्माण र सडक निर्माणमा खेलेको भूमिका नभुल्न आग्रह गरेका थिए ।


घरदैलो कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, पूर्व प्रदेशसभा सदस्य शंकर गिरी लगाएतका नेताहरु संगै हिड्ने गरेका छन् ।

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *