२०८२ माघ २३ गते शुक्रवार

आम सर्वसाधारणको जनजीवन थप सहज र सुखद बनाउने सपना छ – उम्मेदवार दीपक गिरी

शरद रेग्मी, तुलसीपुर, माघ २२ । नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले तुलसीपुरसहित समग्र पश्चिम दाङको बिकासको लागि फेरि एक पटक आँफुलाई मतदान गरि बिजयी बनाउन आग्रह गरेका छन् ।


तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ र वडा नं. ४ मा बिहीबार मतदाताको घरदैलोमा पुगेका उम्मेदवार गिरीले आम सर्वसाधारणको जनजीवन थप सहज र सुखद बनाउने सपना आँफुले संगालेको चर्चा गरे ।

तुलसीपुरमा शहरीकरण बढ्दै गएको हुँदा सोही अनुरुप सुन्दर र सुरक्षित तुलसीपुर बनाउन लागि आँफुलाई फेरि एक पटक बिजयी बनाउन उनले आग्रह गरे ।


सफा र चिल्ला सडक खण्ड, ढल निकासको उचित प्रबन्धका साथै स्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने गरि अस्पतालको बिकास आँफुले देखेको सपना भएको उम्मेदवार गिरीले बताए ।

तुलसीपुर क्षेत्र भित्रका लालपूर्जा बिहिन आम सर्वसाधारणको समस्या समाधानका लागि एउटा बलियो आगोग बनाउन पहल थाल्ने उनले बताए ।

बिगतमा आँफु एक पटक नौं महिनाका लागि सिंचाइ मन्त्री हुँदा स्थानीय किसानका खेतबारीमा बाह्रै मास सिंचाइ सुविधा पुर्‍याउने उदेश्यका साथ दाङ उपत्यका बृहत सिंचाइ आयोजना स्थापना गरिएको बताए ।


किसानका खेतबारीमा पानी पुर्‍याउन ठाउँ ठाउँमा डीप बोरिङ निर्माण, बाँधहरु निर्माण, पक्की नहर र सिंचाइ कुलोहरु निर्माण कार्य भइ रहेको हुँदा त्यसले स्थानीयमा जीवन प्रतिको आशा जगाएको उनले बताए ।


बिगतमा काँग्रेसलाई बिजय बनाएकै कारण गाउँ बस्तिमा बाटो र कालोपत्रे सडक पुर्‍याउन सफल भएको भन्दै उनले अब ती सबै कार्यको स्तरउन्तितका लागि फेरि आँफुलाई एक पटक बिजयी बनाउन उनले आग्रह गरे ।


बिभिन्न खहरे खोला तथा नदीहरुमा तटबन्ध गरि किसानका खेतबारी जोगाउन भूमिका खेलेको, आम मानिसको जीवन यापन सहज र सुखद बनाउन ठाउँ ठाउँमा पुलहरु निर्माण गरेको काँग्रेस उम्मेदावर गिरीले बताए ।

बिगतमा किसानले बर्षा याममा खेतबारीमा पानी लैजान स्याउलाले अस्थायी प्रकृतिको बाँध बाँध्नु पर्ने कष्टका दिनहरु न्यूनिकरण भएको उनले बताए ।


तुलसीपुर लगाएत पश्चिम दाङमा शिक्षाको उज्यालो छर्नका लागि राप्ती बबई क्याम्पस स्थापना गरेको भन्दै काँग्रेस उम्मेदवार गिरीले भविश्यमा समय अनुकुल प्राबिधिक ज्ञान शिक्षाका लागि थप पहलहरु गरिने बताए ।


कतिपय बिरोधीले भ्रम सृजना गर्न खोजी रहेको भन्दै काँग्रेस उम्मेदवार गिरीले त्यस्ता तत्वहरुलाई परास्त गर्न काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरे । उनले काँग्रेस पराजित भए देशपनि संकटमा पर्ने बताए ।

उम्मेदवार गिरी संग स्थानीय मतदाताले खाने पानीका साथै सिंचाइको उचित प्रबन्ध, कृषीको आधुनिकरणमा जोड, स्तरिय कालोपत्रे बाटाहरु निर्माण गरिदिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *