तुलसीपुर, माघ २० । लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवशरमा सार्वजनिक बिदा दिइएको हो । लुम्बिनी प्रदेश सरकार स्थापना भएको आठ बर्ष पुरा भएको छ । लुम्बिनी प्रदेश सभा २०७४ माघ २१ गते स्थापना भएको थियो ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले सोमबार नै सार्वजनिक बिज्ञप्ति मार्फत सार्वजनिक बिदा दिएको जानकारी दिएका थिए ।
२०८० भन्दा पहिले लुम्बिनी सरकारले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो ।
२०८० सालदेखि दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको थियो । स्थापना दिवस मनाउन प्रदेश राजधानीमा तयारी गरिएको छ ।
प्रकाशित मिति : २०८२ माघ २० गते मङ्गलवार