
घोराही, माघ २० । नेपाली कांग्रेसका दाङ क्षेत्र नं. २ का उम्मेदवार किरणकिशोर घिमिरेले मंगलबार पनि घोराही क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट अभियानलाई निरन्तरता दिएका छन् ।
उम्मेदवार घिमिरेले बिहान घोराही–१५ गौतमनगरदेखि गुजुरी बजारसम्मका विभिन्न टोलमा पुगेर सर्वसाधारण मतदाता र व्यवसायी सग भेटघाट गरि स्थानीय समस्याका बारेमा छलफल गर्दै राय सुझाव संकलन गरेका हुन ।
त्यसक्रममा घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुख चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरेका थिए ।
स्थानीय मतदाताले निर्वाचित भइ सकेपछि आश्वासनभन्दा पनि किसान, व्यवसायी तथा सर्वसाधारणका समस्या बुझ्ने र समाधानका लागि पहल गर्न सुझाएका थिए ।
उम्मेदवार घिमिरेले ब्यबसायी संग आफू विकास निर्माण र जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको विश्वास दिलाएका थिए ।
घरदैलो अभियानमा उनका दाजु कृष्णकिशोर घिमिरे, संविधानसभा सदस्य अनिता देवकोटा, कांग्रेस नेताहरू भुपबहादुर डाँगी, बिमला योगी, बद्री खड्का, पवन आचार्य, घोराही नगर सभापति तिलक रावत, नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेललगायत संगै काँग्रेसको रुख चिन्हमा मत माग्दै हिडेका थिए ।

