तुलसीपुर, माघ १९ । राष्ट्रियसभा सदस्यमा निर्वाचित दाङ लमहीका बासुदेव घिमिरे ‘जंगली’ले आफ्नो निर्वाचन खर्च विवरण सोमबार सार्वजनिक गरेका छन ।
नेपाली कांग्रेसबाट निर्वाचित घिमिरेले माघ ११ गतेको निर्वाचनका क्रममा कुल तीन लाख १५ हजार खर्च भएको सोमबार विवरण सार्वजनिक गरेका हुन ।
जस्मा सवारीसाधन प्रयोगमा ७५ हजार, सवारी इन्धनमा २० हजार, प्रचार–प्रसार सामग्रीमा ३० हजार, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा ६० हजार, अन्य प्रचार प्रसार, छापा तथा विद्युतिय माध्यममा ३० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।
त्यस्तै कार्यालय सञ्चालनमा ५० हजार, प्रतिनिधि परिचालनमा २० हजार र विविध शीर्षकमा १५ हजार रुपैयाँ खर्च भएको विवरण छ ।
जंगलीले कुल तीन लाख १५ हजार रुपैयाँ खर्च भएको बताएका छन् ।
घिमिरेले निर्वाचन कानुनी व्यवस्था अनुसार घिमिरेले निर्वाचन खर्च विवरण सार्वजनिक गरेको हुन ।
माघ ११ गते भएको निर्वाचनका क्रममा लुम्बिनी बाट काँग्रेसबाट दाङका घिमिरे, गुल्मीका चन्द्रबहादुर केसी र नेकपा (एमाले) बाट गुल्मीकै रामकुमारी झाँकी निर्वाचित भएकी थिइन ।
राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस – एमाले लगाएतका दलहरुका बीचमा चुनाबी तालमेल थियो ।
यहाँ नेपाली कम्युनिष्ट पार्टीका तीन उम्मेदवार र राष्ट्रिय जनमोर्चाका दुई उम्मेदवार पराजित भएका थिए ।