२०८२ माघ १९ गते सोमवार

दाङ–१ मा काँग्रेसका योगेन्द्रको उम्मेदवारीले युवा उत्साहित

देउखुरी, माघ १९ । दाङ – क्षेत्र नं. १ मा नेपाली काँग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी उम्मेदवार बनेपछि युवा वर्गमा उत्साह छाएको छ ।
सरल स्वभावका ५१ बर्षीय चौधरी कुशल संगठक मानिन्छन् ।
युवा माझ लोकप्रिय छबि बनाएका चौधरीले आफ्नो पक्षमा मत माग्दै घर दैलो अभियान जारी राखेका छन् ।

चौधरीले मुख्य गरि मतदाता समक्ष देउखुरी क्षेत्रको बिकास, शिक्षा,स्वास्थ्य, रोजगारी, कृषीको आधुनिकरणका लागि भूमिका खेल्न आँफुलाई मतदान गर्न आग्रह गर्दै आएका छन् ।

राजनीति केवल सत्ता होइन, जनताको जीवनस्तर सुधार्ने माध्यम बन्नु पर्ने तर्क काँग्रेस उम्मेदवार चौधरीको तर्क छ ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *