
तुलसीपुर, माघ १७ । नेपाली काँग्रेसका दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले शनिबार बिहान ९ बजेपछि तुलसीपुर उपमहानगरपालिका – १४ मा घरदैलो कार्यक्रम गरेका छन् ।
तुलसीपुर – १४ का इकाइ सभापति तथा वडाध्यक्ष शंकर खड्कासहितको टोलीले चौपर्य लगाएतका गाउँमा पुगेर घर दैलो गर्दै काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेको हो ।
चौपर्यका सर्वसाधारणले उम्मेदवार गिरीसंग गाउँमा खानेपानी र सिंचाइको राम्रो प्रबन्ध गरिदिन माग गरेका थिए ।
बिगतमा नौं महिने कार्यकालमा सिंचाइ मन्त्री हुँदा उम्मेदवार गिरीले जिल्लामा संघीय कार्यालय बृहत दाङ उपत्यका सिंचाइ आयोजनाको कार्यालय स्थापना गरि जिल्लाका बिभिन्न भागमा डीप बोरिङ गाड्न तथा बिभिन्न स्थानमा कृतिम जलासयहरु निर्माण गर्न भूमिका खेलेका थिए ।
त्यस्ले सिंचाइका साथै पानी संचितिकरणमा सहयोग पुगेको थियो । जस्को प्रमुख उदेश्य किसानका खेतबारीमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउनु रहेको थियो । ती डीप बोरिङ र जलासय निर्माण भएका स्थानका किसानले ब्यबसायिक र आधुनिक खेती गर्दै आयआर्जन बढाउन थालेका छन् ।
गिरीको पहलमा भएका त्यस्ता बिकास निर्माणका पहलले जिल्लाई मरभूमीकरण हुन बाट जोगाउनुका साथै जैबिक बिबिधता संरक्षणमा पनि टेवा पुगेको भन्दै तुलसीपुर – १४ चौपर्यबासीले त्यस्तै बिकासका योजना आफ्नो ठाउँमा ल्याउनका लागि पनि भूमिका खेल्न आग्रह गरेका थिए ।
काँग्रेस नेता गिरी र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको पहलमा पछिल्लो समय जिल्लाका नदी तथा खोलाहरुमा पक्की पुल निर्माण, कालोपत्रे सडक खण्ड निर्माण, नदी तथा खोलाहरुमा तटबन्ध निर्माण जस्ता कार्यहरु भएको हुँदा त्यसले पश्चिम दाङको जनजीवन सहज र सरल बनेको भन्दै स्थानीय मतदाताले त्यस्तै बिकासका योजनाहरु थपेर जनजीवन सहज र सलर बनाउनका लागि भूमिका खेल्न आग्रह गरेका थिए ।
उम्मेदवार गिरी २०७९ मा पनि निर्वाचित भएका थिए । तर, २०८२ मा हुनुपर्ने निर्वाचन भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको परिनाम झन्डै दुई बर्ष अघि हुन थालेको हुँदा आँफुले कामगर्दा गर्दैै ब्रेक लाग्न पुगेको हुँदा आँफु फेरि अनोमदन हुनका लागि भोटमाग्न आउनु परेको हुँदा रुख चिन्हमा मतदान गरि आँफुलाई बिजयी बनाएमा थप सक्रियताका साथ काम गर्ने गिरीले आग्रह गरेका थिए ।
‘ म यो बीचमा मन्त्री हुन पाइन,’ उम्मेदवार गिरीले भने ‘ मन्त्री भइ दिएको भए तपाँइहरुले सोचेको भन्दा बढी काम गरि देखाइदिने थिए ।’ उम्मेदवार गिरीले आँफु र काँग्रेसका पक्षमा मतदान गरि बिजयी गराउन आग्रह गर्दै त्यही मतको बलले भविश्यमा जिल्लाको बिकास निर्माणका लागिपर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
शनिबार दिउँसो उम्मेदवार गिरी तुलसीपुर – १५ का मतदातालाई भेट्न घर दैलोमा पुगेर भेटघाट गरि रहेको उनको सचिवालयले जानकारी दिएको छ ।