२०८२ माघ १९ गते सोमवार

डेढलाख घुस रकमसहित इञ्जिनियर मल्ल पक्राउ

दाङ, माघ १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित बर्दियाका एक जना इन्जिनियरलाई पक्राउ गरेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्ललाई बिहीबार अख्तियारको टोलीले एक लाख ५० हजार घुस बाफत लिएको रकमसहित पक्राउ गरेको हो ।

अख्तियारका प्रबक्ता सुरेश न्यौंपानेले इन्जिनियर मल्लले बारबर्दिया नगरपालिका– ७ स्थित जनता माध्यमिक विद्यालय रम्भापुरको चार कोठे भवन निर्माणको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग त्यो घुस बुझेको बताएका छन् ।

मल्लको कार्यकक्षबाट घुस बाफत सेवा ग्राही बाट बुझेको रकमपनि बरामद भएको अख्तियार प्रक्ता न्यौपानेले बताएका छन् ।

इन्जिनियर मल्लले घुस मागेको भन्ने गोप्य सूचनाका आधारमा आयोगको कार्यालय बुटवल (सम्पर्क कार्यालय नेपालगञ्ज) बाट खटिएको टोलीले मल्ललाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *