
तुलसीपुर, माघ १६ । तुलसीपुरको एक प्रतिष्ठित शैक्षिक संस्था ज्ञानज्योति फाउन्डेसनले बिहीबार आफ्नो बार्षिक उत्सव मनाएको छ ।
प्रतिष्ठानका संस्थापक सिइयो सुरेन्द्र जिसीको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिका शिक्षा महासंघका प्रमुख चक्र भण्डारीको प्रमुख आथित्यमा एक भब्य समारोहका बीच ज्ञानज्योतिले बार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले ज्ञानज्योति जिल्लाकै एक अब्बल शैक्षिक संस्था बन्न सफल भएकोमा खुसी साटेका थिए ।
शिक्षक समाजका अगुवा भएको भन्दै उनले ज्ञानज्योतिले देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुका साथै समाज रुपामन्तरमा महत्वपूर्ण भूमिका खेलेको भन्दै थप सफलताको लागि शुभकामना दिएका थिए ।
बिद्यार्थीको अंक बढी ल्याउन होडबाजी गर्नु भन्दा क्षमतावान र अनुसाशित विद्यार्थी उत्पादनमा जोड दिन डा. चिन्तामणि योगीले बताए । शिक्षाको माध्यम बाट समाज रुपान्तरमा निरन्तर अगाडि बढेको भन्दै बिद्यालय परिवारलाई धन्यबाद थिए ।
प्रबचक डा. योगीले आफ्नै देश, माटो, आफ्नै ठाउँको संबृद्धिका लागि गुणस्तरिय शिक्षाका साथै अनुशासन आजको आवश्यकता रहेको बताएका थिए । त्यस्तै उनले वालबालिकालाई सामाजिक संजाल र मोवाइलको कुतल बाट जोगाउनु पर्ने उनको जोड थियो ।
अभिभावक देवा भण्डारीले शिक्षक, अभिभावक र समाज सबैको प्रयासले देशका लागि योग्य र सभ्य नागरिक उत्पादन संभव हुने बताइन ।
बार्षिक उत्सवका अवशरमा बिद्यार्थी चेतनामुलक नाटक, नृत्यका साथै बिभिन्न प्रस्तुतीहरु राखेका थिए । ज्ञानज्योति फाउन्डेसन २०५१ सालमा खाद्रको बम्नैमा स्थापना भएको थियो ।
जस्का आज जिल्लाका बिभिन्न भागमा दर्जन बढी शैक्षिक संस्थाहरु मार्फत शिक्षाको उज्यालो छर्दै आएको छ ।
लमहीदेखि पश्चिम दाङमासमेत फाउन्डेसनले बिद्यालय स्थापना गरि ज्ञानको ज्योति छर्दै आएको छ ।

