२०८२ माघ १९ गते सोमवार

लुम्बिनीको राजधानी दाङ सारे, अब तुलसीपुर एयरपोर्ट बनाउने संकल्प गर्छु – शंकर पोखरेल


तुलसीपुर, माघ १५ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार शंकर पोखरेलले दाङलाई राष्ट्रकै नेतृत्वकारी भूमिकामा पुर्‍याउन सफल नेतृत्व आवश्यक रहेको बताएका छन् ।


आफ्नो सामाजिक संजाल फेसबुकमा बिहीबार बिहान स्ट्याटस लेख्दै महासचिव पोखरेलले आँफुलाई निर्वाचित गरे दाङको विकास, दाङवासीको सम्मान र सबल दाङ, समृद्ध नेपाल बनाउन भूमिका खेल्ने बतताएका छन् ।


‘मैले वाचा गरेँ, दाङलाई राजधानी बनाएँ। लुम्बिनीको संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयताको जग बसालेँ। अब समय आएको छ— दाङलाई राष्ट्रकै नेतृत्वकारी भूमिकामा पुर्‍याउने,’ उनले लेखेका छन् ।


आँफुलाई किन मतदान गर्ने भन्ने बारे उनले आफ्ना कुराहरु ३ वटा बुँदागत रुपमा लेखेका छन् ।


१– अनुभव, संघीयता कार्यान्वयन र पूर्वाधार विकासको सफल नेतृत्व ।
२ – इमानदारी, राजनीतिमा स्वच्छ छवि र निष्ठाको पहिचान ।
३ – निरन्तरता, हार होस या जित, सधैँ दंगाली जनताको सेवामा समर्पित ।
उनले आफ्नो तर्फबाट मुख्य ४ बुँदामा आगामी संकल्पहरु पनि प्रस्तुत गरेका छन् ।
१ – लमही–घोराही–तुलसीपुर फोरलेन सडक सम्पन्न गर्ने ।
२ – ७२ सिटे जहाज चल्ने गरी तुलसीपुर विमानस्थल विस्तार गर्ने ।
३ – घोराहीमा औद्योगिक क्षेत्र र राप्तीमा ४०० बेडको अस्पताल बनाउन ।
४ – युवाका लागि विनाधितो सहुलियत ऋण र प्राविधिक शिक्षा सुनिश्चित गर्ने ।


उम्मेदवार पोखरेलले अन्तिममा अब ज्ञापनपत्र बोकेर हिँड्ने होइन, निर्णय गर्ने र कार्यान्वयन गर्ने तथा दाङ बनाउनेलाई बिजयी बनाउन आग्रह गरेका छन् ।

आँफुलाई मतदान गरि बिजयी बनाएमा दाङको समृद्धिको यात्रालाई सफल पार्ने बाचाका साथ उनले सबैलाई आँफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *