तुलसीपुर, पुस १८ । दाङको तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित लोक दोहोरी गायिका शान्तिश्री परियार आउने भएकी छन् ।
प्रचारप्रसार समितिका संयोजक तिलकराज वलीका अनुसार महोत्सवमा शान्तिश्री परियारले दर्शक माझ आफ्ना संगेतिक प्रस्तुतीहरु पस्कने छिन ।
तुलसीपुरकै गायक प्रेमप्रकाश वली र कलाकार दामोदर बस्यालको पनि आज प्रस्तुती रहने छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि सञ्चालित महोत्सव १९ गतेसम्म चल्ने छ ।
महोत्सवमा शनिबार गायिका रचना रिमाल सँगै अन्य कलाकारपनि निम्त्याइएका छन् ।
प्रकाशित मिति : २०८२ पुष १८ गते शुक्रवार