
तुलसीपुर, पुस १६ । चर्चित लोक दोहोरी गायिका ज्योती मगरले बुधबार तुलसीपुरमा धुम मच्चाइन ।
तुलसीपुरमा जारी महोत्सवको १३ औँ दिन ज्योती तुलसीपुरमा आउँदा मध्यपुसको शिरोटो थियो ।
तर, जब ज्योती र स्टेज प्रस्तुतिको लागि उक्लिइन त्यसपछि भने महोत्सव स्थलको ताप आपसे आप बढेको थियो । ज्योतीको प्रस्तुती संगै दर्शाक दिर्घाबाट हुटिङहरु सुरु भएको थियो ।
जसै फुर्ती साथ ज्योती प्रस्तुत भइन उनी संगै महोत्समा पुगेकाहरु पनि नाचेका थिए । ‘वान्स मोर’ भन्दै चिसो साँझलाई चुनौति दिदै दर्शकले ज्योतीलाई भरपुर साथ दिएका थिए ।
त्यस्तै गायक कमल बिसीको प्रस्तुतिमा पनि दर्शकले भरपुर मनोरञ्जन लिएका देखिन्थे । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा प्रथम तुलसीपुर महोत्सव संचालन भइरहेको छ ।
महोत्सवमा बिहीबार अभिनेता पल शाह आउने महोत्सवका सांस्कृतिक संयोजक टिकाजंग वलीले बताएका छन् ।
शाहसंगै गायिका सम्झना भण्डारी, गायक प्रकाश रेग्मी, टंक खड्का लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । तुलसीपुरमा पुस ४ गतेदेखि १९ गतेसम्म संचालन हुने छ ।




तस्बिरहरु – झग्गु भण्डारी ।