२०८२ माघ ९ गते शुक्रवार

रमेशराज भट्टराइ संगै रमाए दर्शक

आइतबार प्रकाश दुतराज आउँदै

तुलसीपुर, पुस १२ । दाङको तुलसीपुरमा जारी महोत्सवको ९औ. दिन शनिबार गायक रमेशराज भट्टराइको प्रस्तुतिमा दर्शक रमाए ।

‘बेहुला बनाउँछु भन्थ्यौं बहुला बनाएर गयौ,’ जस्ता गीत उनले प्रस्तुत गर्दा दर्शकले भरपुर साथ दिएका थिए ।
भट्टराइले आफ्ना हिट गीतहरू ‘राजा राजा भन्थी बाजा बजाएर गई, ‘बेहुला बनाउँछु भन्थी बहुला बनाएर गइ’ जस्ता गीतहरु प्रस्तुत गर्दा दर्शकले संगै गाएर साथ दिएका थिए ।

दर्शकको साथ पाएर पुल्किएका भट्टराइले ‘होलीमा ओ होलीमा’ गीत गउँदा साँझ परि सकेको हुँदा दर्शकले मोबाइलको टर्च बालेर साथ दिएका थिए । शनिबार गायिका रेखा पोखरेल, राजेन्द्र चौधरीले पनि गीतहरु गाएका थिए । कार्यक्रमको होष्ट एचआर मगर थिए ।

आइतबार प्रकाश दुतराज आउने

महोत्सवको १०आं दिन आइतबार पछिल्लो समय लोकप्रियताको शिखरमा रहेका गायक प्रकाश दुतराज आउने भएका छन् ।

उनी खास गरि पश्चिमेली गीत संगितका कारण चर्चित छन् । उनले शंकलन गर्ने गीत तथा लयहरु मौलिक छन् । उनका ‘घर कता हो बैनीको’ ‘रिमै’, बैनी झ्यालैमा र रेशम जस्ता गीतहरु चर्चाको शिखरमा छन् ।

आइतबार कलावती केसी, थम्मन भण्डारीको पनि महोत्सवमा प्रस्तुती रहने छ । कार्यक्रमको होष्ट सन्तोष केसीले गर्ने छन् ।

‘स्थानीय वस्तुको प्रवद्र्धन गरौँ, औद्योगिक वातावरणको सुधार–दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा महोत्सव जारी छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले महोत्सवमा उत्साह बढ्दै गएको बताए ।
पुस ४ गतेदेखि १९ गतेसम्म महोत्सव चल्ने छ ।

प्रकाशित मिति : २०८२ पुष १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *