२०८२ माघ ८ गते बिहिवार

गायिका समिक्षा अधिकारीले आज तुलसीपुर महोत्सव प्रस्तुती दिने

तुलसीपुर, पुस ९ । दाङको तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सव–२०८२ मा आज लोकप्रिय गायिका समिक्षा अधिकारीले आफ्ना बिभिन्न लोकप्रिय गितहरु सुनाउने भएकी छन् ।

महोत्सवको छैठौँ दिनमा गायिका अधिकारी दर्शकको मनोरञ्जनका लागि निम्त्याइएको मूल आयोजक समितिका सदस्य सचिव भद्रबहादुर वलीले बताए ।


अधिकारीका साथै स्थानीय कलाकारहरु दीपक वली, सन्दिप सेन्चुरी, गायिका देवकुमारी खत्री लगायतको पनि प्रस्तुति रहने वलीले जानकारी दिए ।


महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले महोत्सवमा सांगेतिक कार्यक्रमका साथै लण्डन ब्रिज, जलपरीको अबलोकन धेरैको रोजाइमा पर्दै आएको बताए ।

स्थानीय वस्तुको बजारीकरण र कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ पुस ४ गतेदेखि पुस १९ गतेसम्म तुलसीपुरमा महोत्सव संचालन गर्दै आइ रहेको छ ।

महोत्सवमा दर्शकको सहभागीता उत्साहजनक रहेको आयोजकको दाबी छ । महोत्सवले तुलसीपुरको आर्थिक गतिविधिलाई थप चलायमान बनाएको संयोजक केसीले बताए ।

महोत्सवमा रुकुम पश्चिमको सिस्नोदेखि जुम्लाको मार्सी चामल,सल्यानी खुकुरीदेखि स्थानीय हस्तकलाका सामग्रीको पनि बजारीकरण भइरहेको छ ।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *