
तुलसीपुर, पुस ५ । तुसीपुरमा जारी महोत्सवमा आइतबार पनि बिभिन्न चलेका कलाकारहरु आउने भएका छन् ।
आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्रबहादुर वलीका अनुसार आइतबार चर्चित गायक कुलेन्द्र विश्वकर्मा, प्रेम शर्मा, सीता थापा लगायतका कलाकारको प्रस्तुति रहने छ ।
शनिबार महोत्सवमा दर्शकको बाक्लो उपस्थिति थियो । चर्चित लोक दोहोरी गायक रामजी खाँड र गायिका भूमिका गिरीको प्रस्तुतिमा दर्शक निकै रमाएका थिए ।
गायक खाँडले ‘तिम्रो त बोलिमा मन्तर मोहनी,’ डाली नुघ्यो चरीले टेकेर, मन परेको मान्छेको नाम दिलमै लेखिन्छ, ‘अमिलो रसैले’ जस्ता आफ्ना चर्चित गितहरु प्रस्तुत गर्दा कतिपय दर्शक छमछममी नाचिरहेका थिए ।
अर्की गायिका गिरीले ‘सरर आउ माया, मिनी बसमा चढेर जाउ माया, ‘चिसोमा चिसो बतासै सरर, चोली मैलो भो र ‘तारासँगै जुन’ लगाएतका गितहरु प्रस्तुत गरेकी थिइन ।
गायिका रचना चौधरी, राजमान खत्री लगायत स्थानीय कलाकारको प्रस्तुतिमा पनि दर्शक उत्तिकै रमाएका थिए ।
महोत्सवमा भेटिएकी रुकुम पश्चिमकी टिका वली र सल्यानकी सीता साहुले महोत्सवमा आँफहरु निकै रमाएको प्रतिक्रिया दिएका थिए ।
लण्डन ब्रिज र जलपरीले धेरैको मन तानेका छन् ।
कृषी उपज र हस्तकलाका सामग्री अबलोकन गर्ने देर्शकको संख्या पनि ठूलो छ । खाजा नास्ताका होटल संचालन गरेकाहरुले ब्यापार उत्साहप्रद भएको बताएका छन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले शनिबार दर्शकको राम्रो साथ मिलेको र भविश्यमा पनि यस्तै साथ मिल्ने आशा ब्यक्त गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालित यो महोत्सवले दाङको पर्यटन प्रवद्र्धन र स्थानीय व्यापारलाई चलायमान बनाउन भूमिका खेल्ने केसीले बताए । महोत्सव पुस १९ गतेसम्म चल्ने छ ।

