२०८२ पुष ८ गते मङ्गलवार

तुलसीपुर महोत्सव आजदेखि सुरु हुँदै

लुम्बिनीका सभामुख घर्तीले उद्घाटन गर्ने

तुलसीपुर , पुस ४ । तुलसीपुरमा आजदेखि १५ दिन लामो ब्यापवार महोत्सव सुरु हुँदै छ ।

पुस ४ गतेदेखि १९ गतेसम्म तुलसीपुर – ६ हात्ती खौवा चोकको खाली जमिनमा मेला लाग्ने छ ।

यस पटक नेपाल घरेलु तथा साना उद्योग महासंघले महोत्सव लगाउने जिम्मा पाएको छ ।

महोत्सव उद्घाटनका लागि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर आउने आयोजक संस्थाले जानकारी दिएको छ ।


महोत्सव आयोजक महासंघका अध्यक्ष लालबहादुर केसीले कृषी र उत्पादनका ५० वटा स्टलहरु कृषकलाई निशुल्क रुपमा प्रदान गरिने बताएका छन् ।

त्यस्ता स्टलमा राखेको कृषी उपजको आधारमा उत्कृष्ट केषी उद्यमीलाई महोत्सव समापनका अबशरमा पुरस्कृत गरिने पनि केसीले बताएका छन् ।


युवा उद्यम नब पर्वतन महोत्सवको मुख्य उदेश्य रहेको अध्यक्ष केसीले बताए । स्थानीय ब्यबसायीलाई स्टलमा २५ प्रतिसत छुट दिइने भएको छ । महोत्सबमा कुल साढे चार सय जति स्टल रहने जानकारी दिइएको छ ।

यो मेलामा लन्डन ब्रिज, जल परी, फिस टनेल मेलाका मुख्य आकर्षक रहने नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव भद्रबहादुर वलीले जानकारी दिएका छन् ।

महोत्सव सफल बनाउन दुई सय ५१ सदस्यीय मुल आयोजक समिति र २७ बिभिन्न उपसमिति संयोजक गठन गरिएको छ ।

महोत्सवबाट झन्डै तीन करोडको ब्यापार गर्ने तथा महासंघका लागि ३० लाख सम्म बचत गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २०८२ पुष ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *