तुलसीपुर, कात्तिक २७ । नेकपा एमालेका पोलिट ब्यूरो सदस्य महेश बस्नेतले नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका पूर्व एमालेका नेताहरु माधव नेपाल र भीम रावल प्रति छुद्र टिप्पनी गरे ।
तुलसीपुरस्थित बिएसएस पार्टी प्यालेसमा बिहीबार राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको युवा जागर अभियानलाई सम्बोधन गर्दै नेता बस्नेतले नेपाल र रावत प्रति त्यस्तो टिप्पनी गरेका हुन ।
उनले भीम रावललाई बिगतमा नेकपा एमालेको उपाध्यक्ष खान भन्दापनि नखाएर अहिले प्रचण्डको पछि लागेको भन्दै आलोचना गरेका थिए ।
‘हाम्रो गाउँघर तिर एउटा भनाइ छ – दिउँसो तेल लिनुहोस भन्दा नलिने अनि राति तेल पेल्ने कोलमा गएर बत्ति निभाएको बेलामा चाट्ने । यस्तो खालको गतिले कम्युनिष्ट आन्दोलन जाग्दैन ,’ उनले भने ।
हिजो एमालेको उपाध्यक्ष दिदा नखाने अहिले प्रचण्डको ६ नम्बरको मर्यादाको सदस्य खाने कार्य गरेको भन्दै नेता रावलको बस्नेतले आलोचना गरे ।
‘ भीम रावल क्रान्तिका नायक हुन्थ्यौ । आज भीम रावल र माधव नेपाल देखेर हाम्रो शिर लज्जाले निहुरिएको छ ,’ बस्नेतले भने, ‘एमालेको भूपु नेता नपाँइहरु भन्दा तपाँइहरु भोलि बित्नु भयो भनेपनि श्रद्धाञ्जलीपनि दिन नसक्ने ठाउँमा पुग्नु भो,’ बस्नेतले भने ‘ मलामी पनि जान नसक्ने ठाउँमा पुग्नु भयो । तपाँइहरुलाई संझेर यहाँ एउटा फोटोपनि राख्न नसक्ने ठाउँमा पुग्नु भयो ।’
क्रान्तिका नाममा कम्युनिष्ट आन्दोलनलाई बिर्सजन गरे जसरी माधव नेपाल र भीम रावलले अरु केहीलाई पनि लगेको एमाले पोलिटब्यूरो सदस्य बस्नेतले दोषारोपन गरे ।
‘त्यस्तो जग र भ्रण एमाले भित्र कसैले रोप्न खोज्दै छ भने कृपया क्रान्तिकारी कमरेडहरु त्यसलाई बेलैमा ठिक पार्नु पर्छ,’ बस्नेतले भने ‘ नत्र अघि प्रदीप कमरेडले भन्नु भयो महको घारको रानो हुन्छ र त्यो मार्दिए पछि माहुरी एक आपसमा लड्छन् ।’
त्यस्तै एमाले पोलिट ब्यूरो सदस्य बस्नेतले प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओमप्रकास अर्यालले मुलुकलाई द्धन्द तर्फ धकेली रहेको आरोप लगाए ।
उनले काठमाडौंका मेयर बालेन शाह, रास्वपा अध्यक्ष रबी लामिछाने, हामी नेपालका सुदुन गुरुङ लगाएतले बिदेशीको इशारामा कलिला युवालाई उत्तेजित बनाउँदै देशमा आगो लगाउन उक्साएको दोषारोपन गरे ।
उनले बालेन र रबिलाई लुसिफरको संज्ञा दिएका थिए । उनीहरुकै कारण सिंहदरवार, सर्बौच्च अदालत, प्रहरी कार्यालयहरुमा आगो झोसिएको भएपनि अब एमालेले फेरि त्यस्ता स्थानमा आगो लगाउन नदिने बताए ।
मंसिर ५ गते काठमाडौबाट पिपल भोलिन्टियर फोर्सको उद्घोस गर्न थालेको भन्दै बस्नेत अब फेरि सिंहदरवार, सर्बौच्च अदालत, प्रहरी कार्यालयहरुमा कसैलाई आगो लगाउन नदिने बताएका थिए ।
