२०८२ माघ ३ गते शनिवार

घोराही सिमेन्ट उद्योगसहित ६ उद्योगको विद्यतु लाइन काटियो 


दाङ, कात्तिक ४ । नेपाल विद्युत प्राधिकरणले दाङ घोराही सिमेन्ट उद्योगसहित   ६ वटा उद्योगको बिद्युत लाइन काटेको छ।

बिगतमा लोडसेडिङको समयको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेका  ६ उद्योगको लाइन बिद्युतले काटेको हो । प्राधिकरणका अनुसार घोराही सिमेन्ट उद्योगले ५० करोड ८५ लाख रुपैयाँ तिर्न बाँकी छ । विद्युत उपभोग बाफतको उक्त प्रिमियम महसुल नतिरेका कारण मंगलबार घोराही सिमेन्ट उद्योगसहित  ठूला उद्योगहरूको लाइन बिद्युतले काटेको हो । 

बिगतको लोडसेडिङको समय अर्थात २०७२ माघदेखि २०७५ वैशाख सम्म विशेष लाइनमार्फत विद्युतु उपयोग गरेका उद्योगहरुले तोकिएको अतिरिक्त शुल्क तिर्न भने मानिरहेका छैनन् । सोही बिबादका कारण प्राधिकरणले यसअघि पनि ती उद्योगहरुको लाइन काटेको थियो । 

प्राधिकरणका अनुसार सबै भन्दा बढी बक्यौता जगदम्बा स्टीलको छ । उस्ले  एक अर्ब ६० करोड रुपैयाँ तिर्न बाँकी छ । त्यसपछि रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख , शिवम सिमेन्टले ७७ करोड ८८ लाख , घोराही सिमेन्ट उद्योगले ५० करोड ८५ लाख, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजले ४४ करोड ८४ लाख र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ प्रिमियम विद्युत महसुल तिर्न बाँकी छ ।

बिगददेखि नै प्राधिकरण र उद्योगीका बीचमा प्रिमियम विद्युत महसुल बारे बिबाद चल्दै आएको छ । उद्योगीले सर्तअनुसार विद्युत उपयोगको प्रमाण उपलब्ध गराउन माग गर्दै आएका छन ।

प्रकाशित मिति : २०८२ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *