घोराही, जेठ २० । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको चार सय बेडको नयाँ भबनको लागि ९० करोड बढी बजेट परेको छ ।
आब २०८२ / ०८३ को लागि भबन निर्माण गर्न ७० करोड र गतबर्षको मौज्दात रकम गरेर ९० करोड बढी बजेट बिनियोजन भएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।
त्यस्तै प्रतिष्ठानमा मेसिनरी औजार अनुदान तर्फ १६ करोड ८४ लाख बजेट आएको छ ।
प्रतिष्ठानको चालु खर्चको लागि २५ करोड ६६ लाख र पुजिगत सशर्त अनुदान तर्फ २ करोड ६२ लाख बजेट परेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ जेष्ठ २० गते मङ्गलवार