२०८२ बैशाख ३० गते सोमवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप १७ वटा शैक्षिक कार्यक्रमहरु सन्चालन गर्ने


दाङ,बैशाख २५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालु आवमा एमविविएस सुरु गरेपछि आगामी आर्थिक बर्ष २०८२/०८३ देखी थप ४ वटा स्नातक तहका र १३ वटा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरु थप गर्ने तयारी गरेको छ ।

जसअनुसार स्नातकोत्तर तहमा एमडि/ एमएस र एमएस्सि नर्सिङ गरेर १३ वटा शैक्षिक कार्यक्रम सन्चालन गरिने छ ।

प्रतिष्ठानले आगामी आवदेखी स्नातक तर्फ पब्लिक हेल्थ, विएससि एमएलटि, विएसस्सी एमआइटि, वि.ओपिटि शुरु गर्ने तयारी गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रा.श्याम लम्सालले जानकारी दिए ।

यसैगरेर प्रतिष्ठानले आगामी आव २०८२/०८३ देखी स्नातकोत्तर तहमा रेडियोलोजि, फीजियोलोजि, वायोकेमेष्ट्री, प्याथोलोजि, पेडीयाट्रीक, नर्सिङमा थप ३ वटा, एमडि एमएस तर्फ ७ वटा सुरु गर्ने तयारी गरेको हो ।

ति शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न प्रतिष्ठानले आफ्नै पाठ्यक्रमहरु विकास गर्नुपर्ने भएकाले विहिवार र शुक्रवार गरेर दुइ दिने पाठ्यक्रम विकास गोष्ठी सञ्चालन गरेको छ ।

गोष्ठिको उद्घाटन राष्ट्रिय योजना आयोग सदस्य प्रा.डा आरपि बिच्छालेले गरेका हुन ।

रजिष्ट्रार लम्सालले प्रतिष्ठानको गति अव रोकीन सम्भव नरहेको र विस्तारै यसले विश्वविद्यालयको आकार ग्रहण गर्दै जाने बताए ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *