
तुलसीपुर, चैत १३ । नेपाल नेत्रज्योती संघ दाङको व्यवस्थापनमा सन्चालित राप्ती आंखा अस्पताललाई नेत्र विज्ञान प्रतिष्ठान बनाउने तयारी भएको छ ।
नेपाल नेत्रज्योती संघको व्यवस्थापनमा मुलुकभर २८ वटा आंखा अस्पताल, १५० भन्दा बढि आंखा उपचार केन्द्र रहेका छन् ।
त्यसमा नेपाल नेत्रज्योतीसंघ दाङको व्यवस्थापनमा राप्ती आंखा अस्पताल रक्षाचौर, लमही आंखा अस्पताल र कपिलवस्तुको वहादुरगन्जमा छन्द(कालेवावु) नारायणि अस्पताल सन्चालनमा छन् ।
राप्ती आंखा अस्पतालमा ५ वेड, लमही आंखा अस्पतालमा ५० वेड तथा वहादुरगन्जस्थीत छन्द(कालेवावु) नारायणि अस्पतालमा एक सय वेडको आंखा अस्पताल सन्चालनमा आएसंगै नेपाल नेत्रज्योती संघ दाङले अव यसलाइ आंखा रोगको अनुसन्धानको केन्द्रमा विकाश गर्दे नेत्र विज्ञान प्रतिष्ठान बनाउने तयारी गरेको छ । यसकालागी अस्पतालले गुरुयोजना समेत निर्माण गरी कार्यान्वयनको चरणमा छ ।
नेपाल नेत्रज्योतीसंघको एक्काइसौं साधारणसभा ४७औं नेत्रज्योती दिवसका अवसरमा बोल्ने सहभागिहरुले राप्ती आंखा अस्पताललाइ अव नेत्र विज्ञान प्रतिष्ठानका रुपमा विकाश गर्न सवै क्षेत्रबाट सहयोग र सहकार्य हुने अभिव्यक्ति दिए ।
साथै यसकालागी थप भौतिक पुर्वाधार निर्माणमा संघ, प्रदेश, स्थानिय सरकार र दात्रिनिकायसंग समन्वय गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।
‘नेत्र सहायकको अध्यापन यहां सफलतापुर्वक सुरु भैसकेको छ, अव आंखा रोग विशेषज्ञको पढाइ सुरु गर्नकालागी यसलाइ नेत्र विज्ञान प्रतिष्ठानका रुपमा विकाश गर्न सवै क्षेत्रबाट पहल गरीनु पर्दछ’, एक्काइसौं साधारणसभालाइ सम्वोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले भने ।
आफु जिल्ला समन्वय समतिको प्रमुख भएका नाताले पनि यसलाइ नेत्र विज्ञान प्रतिष्ठान बनाउने सन्दर्भमा तीनै तहका सरकारहरुसंग समन्वय र सहजीकरण गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।
पछिल्लो समयमा यो अस्पतालले विरामीहरुलाइ एक पछि अर्को विशेषज्ञ आंखा स्वास्थ्य सेवा दिइरहेको उल्लेख गर्दै प्रमुख अतिथि शर्माले अव यसलाइ नेत्र रोग रिसर्च सेन्टरको रुपमा विकाश गर्न पनि नेपाल नेत्रज्योती संघ दाङ शाखालाइ आग्रम गरे ।
सो अवसरमा राप्ती आंखा अस्पतालका प्रमुख प्रशाशकिय अधिकृत सम्सेर थापाले राप्ती आंखा अस्पतालले अन्धोपन निवारणकालागी स्थापनाकालदेखि हालसम्म सन्चालन गरेका उपचारात्मक तथा प्रचारात्मक अभियानका विषयमा जानकारी गराउदै भावि योजनाहरु समेत प्रस्तुत गरेका थिए ।
साधारणसभामा लुम्विनी प्रदेशका पुर्व प्रदेशसभा सदस्य शंकर गिरी, नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुन योगी, नेकपा एमालेका तुलसीपुर नगर सचिव रुप वहादुर खत्री, माओवादी केन्द्रका विश्वप्रकाश आचार्य, नेकपाका प्रदिप वली, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, ववइ गाउपालिकाका अध्यक्ष कुल वहादुर खत्री, दंगिशरण गाउपालिकाका अध्यक्ष सम्भु गिरी, राजपुर गाउपालिकाका उपाध्यक्ष धनपतीदेवी यादव, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, तुलसीपुर उपमहानगरपालिकाका पुर्व मेयर ढुण्डिराज लामीछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेत्र सहायक अध्ययन गर्ने विद्यार्थि तथा अस्पतालका कर्मचारीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु देखाएका थिए भने अस्पतालकि कर्मचारी निरला अर्याल गैरेले आंखा स्वास्थ्य सचेतना संबन्धित सन्देशमुलक कविता वाचन गरेकि थिइन् । अस्पतालको प्रवद्र्धनमा भुमिका निर्वाह गर्नेहरुलाइ सम्मान समेत गरिएको थियो ।
नेपाल नेत्रज्योती संघ दाङका सभापति कृष्ण कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव घनश्याम सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्याम प्रकाश आचार्यले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका उपसभापति रेशम वहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम सुवेदीले गरेका थिए ।
साधारणसभामा निश्चित मापदण्ड निर्माण गरेर सार्वजनिक सुचना जारीगरेसंगै मापदण्डमा आएका व्यक्तिहरुलाइ नेपाल नेत्रज्योतीसंघ दाङको आजिवन सदस्यता प्रदान गरिएको थियो ।
नेपाल नेत्रज्योती संघ दाङमा एक्काइसौं स्थापना दिवसमा नयां सदस्यता वितरण गरिएसंगै आजिवन सदस्यको संख्या जम्मा ५ सय ८५ पुगेको छ । यस अघि जम्मा २ सय ४५ जना आजिवन सदस्य थिए भने अहिले जम्मा ३ सय ४० जना आजिवन सदस्य थपिएका छन् ।
साधारणसभा तथा नेत्रज्योती दिवसकै अवसर पारेर अस्पतालमा स्वागतद्धार निर्माण गर्न आर्थिक सहयोग गर्ने समाजसेवी द्धय ध्रुवराज गौतम परिवार र श्याम प्रकाश आचार्य परीवारलाइ बाजागाजा सहित अस्पताल परिक्रमा गराएर सम्मान गरिएको थियो ।
त्यसैगरी अस्पताल प्रांगण भित्र विरामी प्रतिक्षालय निर्माण गरिदिने तुलसीपुर गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्तिमगरलाइ सम्मान गरिएको थियो । साथै राप्ती आंखा अस्पतालमा स्थापना हुने अक्षय कोषमा सहयोगका लागी पनि आह्वान गरिएको थियो ।
नेपाल नेत्रज्योती संघ दाङको माताहतमा राप्ती आंखा अस्पताल र यस अन्तर्गत ५ वटा आंखा उपचार केन्द्र, लमही आंखा अस्पतालको माताहतमा ५ वटा आंखा उपचार केन्द्र र कपिलबस्तुको छन्द(कालेवावु)नारायणि आंखा अस्पताल वहादुर गन्जको माताहतमा एउटा आंखा उपचार केन्द्रबाट आंखा उपचार सेवा प्रदान गरिदै आएको छ ।
राप्ती आंखा अस्पतालको कार्यक्षेत्र लुम्विनी प्रदेशसंगै कर्णालि प्रदेशसम्म पनि सुरु भैसकेको छ ।
साधारणसभाको औपचारीक समापन मन्तव्य दिंदै कार्यक्रमका अध्यक्ष कृष्ण कुमार गिरीले अव नेपालीहरुलाइ आंखा रोगको उपचार गर्न भारतको सीतापुर सम्म पुग्नु नपर्ने बताए ।
साथै नेत्रज्योती संघले अव जिल्ला जिल्लामा सुपरस्पेशलिष्ट आंखा उपचार सेवा प्रदान गर्न कुनै कशुर बाकि नराख्ने अभिव्यक्ति दिए ।
नेपाल सरकारको वीर अस्पतालमा एउटा युनिटका रुपमा सुरु भएको आंखा उपचार सेवा नेपाल नेत्रज्योती संघको विशेष पहलमा नेपालभर सन्चालनमा आएको भन्दै यसलाइ थप स्तरीय र सहज रुपमा अत्याधुनिक सेवा प्रदान गर्न नेत्रज्योती संघ दाङले अहोरात्र पहल गर्ने प्रतिवद्धता पनि जनाए ।
नेपाल नेत्रज्योती संघले मुलुकभर २८ वटा ठुला अस्पताल, ४४ वटा शाखा अस्पताल र एक सय पचास जति आंखा उपचार केन्द्र सन्चालनमा ल्याएर नेपालभरका नागरिकहरुलाई आंखा उपचार सेवा प्रदान गरिरहेको छ ।
नेपाल नेत्रज्योती संघको आंखा स्वास्थ्य कार्यक्रमलाइ नर्वेजियन संस्था एनएविपिले निरन्तर तीस बर्षदेखि सहयोग गर्दे आएको छ । साथै पैसा नभएर कुनैपनि नागरीकले अन्धो हुनु नपर्ने पनि उनले वचनवद्धता व्यक्त गरे ।
साधारणसभाको वन्द सत्रले सचिवको बार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।
