२०८२ बैशाख ७ गते शनिवार

स्वास्थ्य मन्त्रीद्धारा राप्ती आँखा अस्पतालको निरीक्षण


दाङ,चैत १० । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालहरुले दिएको सेवा प्रभावकारी तथा गुणस्तरीय भएको बताएका छन ।

नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले तिनवटा आँखा अस्पताल सञ्चालन गरेको र सवै अस्पतालहरुले दिएको सेवा प्रभावकारी भएको बताए ।

‘आँखाको क्षेत्रमा तपाईहरुले दिएको सेवा प्रभावकारी छ, मैले अस्पतालपनि अवलोकण गरे सवै कुरा राम्रो देखे – स्वाथ्य मन्त्री पौडेलले भने ।

स्वास्थ्य मन्त्री पौडेलले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालीत अस्पतालहरु गैरसरकारी भएपनि सामुदायिक अस्पतालहरु भएको भन्दै अस्पतालमा प्रयोग हुने चश्मा औषधीमा लाग्ने भ्याट छुट, उपकरण खरिदमा स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने बताए ।

कार्यक्रममा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्ण्कुमार गिरीले नेपाल सरकारले दिने सेवा आफुहरुले दिएर नेपाल सरकारलाई सहयोग गरेको बताए ।

उनले आफुहरुले सेवा दिदै आएको र नेत्रविशेषज्ञहरुको अभाव भएको भन्दै नेपाल सरकारले नेत्रविशेषज्ञहरु उपलव्ध गराएमा आफुहरुले त्यसको व्यवस्थापन गर्ने बताए ।

कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थापना काल देखि पु¥याएको सेवा र भावि योजना र नेपालमा अन्धोपनको अवस्थाको विषयमा जानकारी गराउदै आँखा स्वास्थ्य कार्यक्रमले दृष्टिविहिन्ता न्यूनिकरणका लागि गरेका गतिविधि सहकार्य र अस्पतालको गुरुयोजना आगामी कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

संघका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव घनश्याम सुवेदीले गरेका थिए ।

सो अवसरमा स्वास्थ्य मन्त्री पौडेलले अस्पातलको अवलोकन तथा निरीक्षण समेत गरेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *