घोराही , फागुन २९ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई सिद्धार्थ बैंक लिमिटेड घोराही शाखाले पाँच थान कम्प्युटर सहयोग स्वरुप प्रदान गरेको छ ।
बिहीबार बैंकका शाखा प्रबन्धक मिगलसिंह ठकुरीले प्रतिष्ठानमा पुगेर चार लाख मूल्य बराबरको कम्प्युटर हस्तान्तरण गरेका हुन ।
उनले प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेलाई पाँच थान कम्युटर सहयोग स्वरुप हस्तान्तरण गरेका थिए ।
शाखा म्यानेजर ठकुरीले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई कम्प्युटर सहयोग गरिएको हुँदा सोही अनुरुप ती कम्प्युटरको सही सदुपयोग हुनेमा विश्वास ब्यक्त गरे ।
बैंकले प्रदान गरेको कम्युटरले थप प्राबिधि मैत्री वन्न सहयोग पुग्ने, बिरामीको अभिलेखिकरणमा सहयोग पुग्ने, एकीकृत तथ्याङ्कमा सघाउने तथा डाटा भण्डारण गर्न र सेवा प्रबाह गर्न सहयोग पुग्ने प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए ।
अब प्रत्येक वार्डमा कम्प्युटर राखेर मेडिकल रेकर्डलाई ब्यबस्थित गरिने उनले बताएका थिए ।
