तुलसीपुर,फागुन १९ । राप्ती लाइफ केयर हस्पिटल प्रालीको १८औ वार्षिकोत्सव एवं भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
२०६३ सालमा स्थापना भएको उक्त हस्पिटल हाल एकसय सैयाको छ । २७ करोड लगानी गरेर सञ्चालनमा आएको अस्पतालले बार्षिक १७ करोेड ७३ लाख बार्षिक कारोबार गर्दै आएको छ ।
त्यति मात्रै होईन्, शैक्षिक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । प्रमाणपत्र तहमा नर्सिङ र सामान्य चिकित्साको कक्षा सञ्चालन गरिरहेको छ, भने आगामी बर्षमा ल्याब र फार्मेसीका कार्यक्रम सञ्चालन गर्ने गरि अनुमति ल्याइसकेको हस्पिटलका अध्यक्ष हरि रिजालले बताए ।
अस्पतालले जनरल मेडिसिन, हाडजोर्नी तथा नसा, प्रसुती तथा स्त्रीरोग, जनरल सर्जरी, नवजात तथा वालरोग, नाक, कान, घाँटी रोग, मानसिक तथा नशा रोग, रेडियोलोजिस्ट, एनेसथेसिया तथा कृटिकल केयर न्यूरो, फेजिसियनलगायतका बिशेषज्ञ सेवा प्रदान गरेको छ, भने आईसियु, एनआईसियु सेवा पनि प्रदान गरिरहेको छ । हस्पिटलले १० प्रतिशत शैया निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै नर्सिङ र सामान्य चिकित्सा अध्ययनरत १० प्रतिशत विद्यार्थीहरुलाई निःशुल्क अध्यापन पनि गराउँदै आएको छ । प्रालिले हाल दुईसय ९ जनालाई रोजगारी समेत दिन सफल भएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजि क्षेत्रलाई लगानीमा उत्साहित हुने वातावरण तयार गर्ने बताए ।
“ पाईभेट सेक्टरलाई पनि लगानी गर्ने सहज वातावरण बनाउन तयार छौं”,उनले भने “तपाईहरु लगानी गर्न उत्साहित भएर लाग्नुस् ।”
साथै निजि क्षेत्रले पनि राज्यले बनाएको नीति, नियम, मापदण्डलाई पालन गर्नुपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख टिकाराम खड्काले शिक्षा, स्वास्थ्य क्षेत्रमा निजि क्षेत्रले खेलेको भूमिका उल्लेख्य रहेको बताए ।
निजि क्षेत्रको लगानीले पनि राज्यलाई सहयोग पुर्याएको उनको भनाई थियो ।
कार्यक्रममा नेपाली काग्रेंस तुलसीपुर नगर सभापति सुरेश हमाल,राष्ट्रिय जनमोर्चाका दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ,नेसपाका नेता मोती रिजाल ,प्राइभेट हस्पिटल एसोसिएसन जिल्ला अध्यक्ष बालाराम शर्मा लगाएतले अस्पतालले सामाजिक रुपमा पूरा गर्नुपर्ने उत्तरदायित्व पुर्ण रुपमा बहन गर्दै आएको बताए ।
त्यस अबसरमा अस्पतालको स्तरोन्नति र बिकासका लागी खेलेको भुमिकाको उच्च सम्मान गर्दै डा.वसन्त लामिछाने ,समाजसेवी निमकान्त उपाध्याय सम्मान गरिएको थियो ।
सन्चालक दोर्ण बहादुर वलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम विद्यार्थीहरुले संस्कृतिक प्रस्तुती राखेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण निर्देशक जीवन भण्डारीले गरेका थिए ।